भारतले ग्यासको आपूर्ति बढाउने
काठमाडौं–भारतीय आयल निगम आईओसीले ग्यासको आपूर्ति बढाउने भएको छ । नेपाल आयल निगमसँगको छलफलका क्रममा आईओसी ग्यासको आपूर्ति बढाउने सम्बन्धमा सकारात्मक देखिएको जनाइएको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार मासिक ३७ हजार मेट्रिक टन ग्यास आपूर्ति गराउन आईओसी सहमत भएको छ । बिहीबार ग्यासको परिमाण बढाउने सम्बन्धमा आईओसीसँग व्यापक छलफल भएको थियो’, संसदको उद्योग वायिाज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा भट्टराईले भने, छलफलका क्रममा हामीले माग गरेको मासिक ३७ हजार मेट्रिक टन ग्यास दिन आईओसी सकारात्म देखिएको छ ।’ आजको आर्थिक अभियान दैनिकमा खबर छ ।
भारतले ग्यासको आपूर्ति बढाउने
Reviewed by marumala srinu
on
6:03 PM
Rating:

No comments: