Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

६ सय ५० महिलासँग सम्बन्ध राखेको वेष्ट इण्डिजका पूर्व क्रिकेटरको दाबी

वैशाख ११ – वेष्ट इन्डिजका पूर्व क्रिकेटर टिनो वेष्टले आफूले अहिलेसम्म पाँच सयदेखि ६ सय ५० महिलासँग यौन सम्बन्ध राखेको बताएका छन् । 
तीब्र गतिका दायाँ हाते आक्रामक बलर वेष्टले आफ्नो अटोबायोग्राफी ‘माइन्ड दि विन्डोव : माइ स्टोरी’ मा खेलको क्रममा विश्वका विभिन्न देश जाँदा झण्डै ६ सय ५० जना महिलासँग यौन सम्बन्ध राखेको खुलासा गरेका छन् ।

ज्याक विल्सनले लेखेको टिनोको अटो बायोग्राफी ‘माइन्ड दि विन्डोव : माइ स्टोरी’ वैशाख १६ गते सार्वजनिक हुनेछ । पुस्तकमा 
उनले महिलाप्रति आफ्नो प्रेमका बारेमा बोलेका छन् । वेष्ट इन्डिजबाट ११ वर्षसम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सन् २०१४ को जनवरीमा अन्तिम एक दिवसीय क्रिकेट खेलेका थिए ।

‘म केटी मनपराउँछु । मलाई कालो ब्राड पिटको रुपमा पनि लिने गरिएको छ, म जहाँ पनि क्रिकेटरको रुपमा गएँ, त्यहाँ केटीहरुसँग गफ गरेको छु, डेटमा गएको छु र उनीहरुसँग रात पनि बिताएको छु’ उनले भने ‘मलाई लाग्छ त्यसक्रममा म पाँच सयदेखि ६ सय ५० जना महिलासँग रात बिताएको छु ।’ 
कुनै केटी मनपरेमा गएर बोलिहाल्ने आफ्नो बानी रहेको उनले बताएका छन् । टिममा आफू आउँदा टिमका अरु खेलाडी भन्दा कम उमेरको र ह्याण्डसम रहेकाले केटीले बढी रुचाउने गरेको उनको अनुभव छ । त्यसैले गर्दा आफू त्यसतर्फ आकर्षित हुँदै गएको वेष्टले अटोबायोग्राफ्रीमा उल्लेख गरेका छन्
 


६ सय ५० महिलासँग सम्बन्ध राखेको वेष्ट इण्डिजका पूर्व क्रिकेटरको दाबी Reviewed by marumala srinu on 12:24 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.