ओवामाले १६ लाख ५० हजार डलरमा घर किनेका थिए (ओवामाका थप ९ रहस्य थाहा पाउनुस )
एजेन्सी अमेरिकी राष्ट्रपति वारक ओवामा सम्भवत विश्वका शक्तिशाली राजनैतिक नेताहरुको सुचिमा पर्छन् ।वारक ओवामाको बारेका केहि रोचक तथ्यहरु यस्ता छन् ।
सन् १९६१ अगष्ट ४ गते ओबामा होनुलुलु भन्ने स्थानमा जन्मिएका थिए ।बाराकको अर्थ आशिर्वाद भन्ने हुन्छ र बाराक नाम उनको केनयानका पिताको नाम पनि हो ।
ओबामाले किशोर अवस्थामा हुँदा बस्किन रोविन्समा काम गरिरहंदा उनले आफूलाई आईस क्रिम मन नपर्ने बताएका थिए ।
बाराक ओबामाको बाल्यकालको नाम ब्यारी थियो।
ओवामा अमेरिकी सिनेटरका तेस्रो अफ्रिकन-अमेरिकन सिनेटर हुन् ।
ओवामाले विश्व प्रसिद्द हावर्ड विश्वविद्यालयमा कानुन विषयमा अध्ययन गरिरहेका बेला मिचेल रोबिन्सन नाम गरेकी युवतीलाई चिनेका र अमेरिकाको सिकागो स्थित ल फर्ममा काम गर्दा ओबामा उनीसंग सम्बन्धमा गाँसिएका थिए ।ओवामाका मालिया र सासा नाम गरेका दुई छोरीहरु छन्।
केन्याको भिक्टोरिया तालको नजिक रहेको ओवामाको पिताको गृहनगरमा रहेको रहेको एक स्कुलको नाम बाराक ओबामाकै नाम बाट सिनेटर बाराक ओवामा सेकेण्डरी स्कुल राखिएको छ ।
ओबामा स्क्रावल खेल्न मन पराउँछन् ।
सन् २००५ जुनमा ओवामा दम्पतीले सिकागोको दक्षिण भेगमा १६५०००० डलर तिरेर एक घर किनेका छन्।
ओवामाले मार्टिन लुथर किंग, महात्मा गान्धी, पाव्लो पिकाशो र जोन कोलट्रेन विश्व प्रसिद्द व्यक्तिहरुलाई आफ्नो आदर्श व्यक्तित्वको रुपमा लिने गर्छन् ।
ओवामाले १६ लाख ५० हजार डलरमा घर किनेका थिए (ओवामाका थप ९ रहस्य थाहा पाउनुस )
Reviewed by marumala srinu
on
11:59 PM
Rating:
Reviewed by marumala srinu
on
11:59 PM
Rating:

No comments: