Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

देउवालाई पहारीको चेतावनीः भारतीय दलालसँगै सती जान नपरो

काठमाडौं, ९ वैशाख । युवा संघका अध्यक्ष राजीव पहारीले नेपाली जनताको राष्ट्रियतामा आँच आउनेगरी कुनै गतिविधि नगर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् ।
सत्ता परिवर्तनका लागि उपचारको बहानामा दिल्लीका शक्ति केन्द्र धाइरहेको आरोप लगाउँदै अध्यक्ष पहारीले विदेशी दलालको सँग मिलेर सरकार ढलाउन जुन गतिविधि भइरहेको त्यसले देउवालाई नै सती जानुपर्ने अवस्था आउने चेतावनी दिए ।
युवा संघ स्याङजाको भीरकोट नगरपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले उपचारका नाममा भारतीय शक्ति केन्द्र धाएको भन्दै आपत्ति जनाए । उनले भने- ‘नेपालीहरुको स्वाभिमानै गिराउने गरी देउवाले उपचारको बहानामा शक्ति धाइरहेका छन्, यसमा युवा संघ घोर भत्सर्ना गर्दछ । र राष्ट्रियतामा आँच आउने कुनैपनि काम नगर्न चेतावनी दिन्छ ।’
पत्नी आरजुको उपचारका लागि दिल्ली गएका देउवाले विहीबार मात्रै भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका थिए ।
यसैगरी नगर अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई दिँदै अध्यक्ष पहारीले भ्रष्टाचार हुने अड्डामा कानुन साथमा लिएर अभियान चलाउन निर्देशन पनि दिए ।

देउवालाई पहारीको चेतावनीः भारतीय दलालसँगै सती जान नपरो Reviewed by marumala srinu on 8:55 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.