Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अमेरिकाका नेपाली यसकारण हिलारी क्लिन्टन राष्ट्रपति भएको देख्न चाहन्छन ?


वैशाख १०  
वाशिंगटन डिसी–अहिले अमेरिकामा चर्चा र परिचर्चाको शिखरमा रहेको बिषय भनेको नै राष्ट्रपतिको उम्मेद्वारहरुको प्राथमिक चुनावले सबैलाई ध्यानकर्षण गराएको छ । अधिकांशलाई चुनावको ज्वरो आएको छ । उम्मेद्वारहरुको प्रतिस्पर्धात्मक संघर्ष, जीत र हारको गणितिय हिसाब–किताबको रणनीति, कथा र व्यथा खुबै चर्चामा रहेका छन् ।
आफ्नो दलबाट आधिकारिक उम्मेद्वार बन्नको लागि कुनै कसर नछोडी संघर्षको मैदानमा अहोरात्र खटिइरहेका छन् । २४ सै घण्टा गणितीय हिसाब–किताबमा अल्झिरहेका छन् । सुक्ष्म रुपमा काममा तल्लिन छन् । मतदातासँग प्रत्यक्ष भेटघाटलाई तेज पार्दै आफ्नो पक्ष आफूलाई मतदान गर्न जोडतोडका साथ लागिपरेका छन् ।
रिपब्लिकन दलको तर्फबाट डोनाल्ड ट्रप अग्रपंक्तिमा छन् भने डेमोक्रेटिक दलको तर्फबाट पूर्व–विदेशमन्त्री हिलारी क्लिन्टन तथा बर्नी स्यानडर्सको निकै प्रतिष्पर्धा देखिएको छ । क्लिन्टन र स्यानडर्स दुवै उत्तिकै सशक्त उम्मेद्वारका रुपमा अमेरिकी नागरिकलाई छाप छोड्न सफल भएका छन् । तर, क्लिन्टन अहिलेसम्मको दौडमा अगाडि देखिएकी छिन् ।
अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्दै आएका दर्जनौं नेपाली समुदायका वुद्धिजीवीसँग आगामी नोभेम्बरमा हुने निर्वाचनमा कुन उम्मेद्वार भावी राष्ट्रपति बन्छ ? भन्ने राखिएको जिज्ञासामा हिलारी क्लिन्टन राष्ट्रपति भएको देख्न चाहेको कारण यसरी उनीहरुले आफ्नो विचार पोखेका छन् । उनीहरुको भनाई जस्ताको तस्तै ः
झन्डै ३ दशकदेखि अमेरिकाको फोलोरिडामा बस्दै आएका केनी पाण्डेले डोनाल्ड ट्रंप भनेको नेपालको नानीमैया दाहाल जस्तै हुन । लहरै–लहरमा अग्रपंक्तिमा आएका छिन् । तर, आफू हिलारी क्लिन्टन राष्ट्रपति भएको हेर्न मन लागेको बताउँदै क्लिन्टन योग्य, सक्षम र अनुभव भएकोले क्लिन्टन राष्ट्रपति बन्ने आफुलाई लागेको बताए ।
यसैगरी नर्थ क्यारोलिनामा बस्दै आएकी प्रख्यात उपन्यासकार तथा चिरहरण उपन्यासकार निलम कार्की निहारीकाले आफू महिला आरक्षणको पक्षमा नभएको भन्दै हिलारी क्लिन्टन अरु पुरुष जस्तै योग्य भएकोले क्लिन्टन नै राष्ट्रपति हुन् भन्ने चाहना रहेको बताइन् । उनीमा केहि कमि आफूले नदेखेको भन्दै यस्ता व्यक्तित्वलाई जिताउनुपर्ने कुरा राखिन् ।
सिकागोमा लामो समयदेखि व्यवसायमा संलग्न रहेका तथा समाजसेवी बाला घिमिरेले स्पष्ट कुरा राख्दै यसपटक हिलारी क्लिन्टन आउनुपर्छ भन्ने कुरा राखे । उनले अगाडि भने– ‘बर्नी स्यानडर्स उत्तिकै राम्रा हुन् तर हिलारीसँग अनुभव र उनले आफ्नो नेतृत्वको प्रमाण गरिसकेकोले क्लिन्टन राष्ट्रपति बन्ने छिन् भने कुरामा आफू विश्वस्त रहेको बताए । घिमिरेले व्हाइट हाउसबाट राष्ट्रपति स्वयम् सेवापदक समेत प्राप्त गरेका छन् ।
यसैगरी न्यू–जर्सीमा बसोबास गर्दै आएकी महिला अधिकारकर्मी तथा सामाजिक कार्यकर्ता बिष्णुमाया परियारले अमेरिकामा अहिलेसम्म महिला राष्ट्रपति कहिले नहुनसकेको अवस्थामा यस पटक उनी जस्तो योग्य र होनाहार उम्मेद्वारले जित्नुपर्ने कुरा राखिन् । उनको सक्षमताको प्रमणित उनले गरिसकेकी छिन् भन्दै उनका नीति, कार्यक्रम तथा उनका दर्शनबाट आफू प्रभावित भएकोले उनलाई मतदान गर्ने र जिताउने योजना रहेको बताईन् ।
नेपाल दमक घर भै लामो समयदेखि क्यालिफोर्नियाको लस एन्जेलसमा बस्दै आएका अमेरिका नेपाल पत्रकार संघका सचिव, क्यालिफोर्नियाबाट संचालित विद्युतिय पत्रिका हिमाली पोस्ट तथा पाथिभरा एफएमका संस्थापक अध्यक्ष सुदिप पन्तले आफू पूर्ण हिलारी क्लिन्टनको पक्षमा भएको बताए । अर्को मंगलबार हुने निर्वाचन तथा अन्यमा खुलेर हिलारी क्लिन्टनको समर्थनमा मैदानमा उत्रिने बताए । क्लिन्टन एक दर्शन भएकी र अत्यन्तै सक्षम भएकीले आफ्नो मत उनलाई जाने बताए ।
यसैगरी धादिङ नेपालका र हाल अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्दै आएका उद्यमी, व्यवसायी युएस च्याम्बर्स अफ कमर्सका संस्थाका सल्लाहकार तथा स्वतन्त्र लेखक सानुबाबु सिलवालले अब यस पटकको प्राइमरी छनौटको सम्भावना डेमोक्रेटिक दलबाट पूर्व–प्रथम महिला, पूर्व–सिनेटर र पूर्व–विदेशमन्त्री हिलारी क्लिन्टन छानिने लगभग प्रष्ट भएको बताए ।
संसारकै शक्तिशालि, प्रजातान्त्रिक, खुल्ला अर्थतन्त्र, अवसर र सपनाको भूमि अमेरिकाकै सबैभन्दा ठूलो पद राष्ट्रपतिमा पुग्न गम्भिर, तार्किक, कुटनीतिक र शक्ति सन्तुलनको क्षमता बोकेको व्यक्ति हुनुपर्दछ । अमेरिकी जनता यसैमा विश्वास र घमण्ड गर्दछन् ।


अमेरिकाका नेपाली यसकारण हिलारी क्लिन्टन राष्ट्रपति भएको देख्न चाहन्छन ? Reviewed by marumala srinu on 9:06 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.