Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अमेरिकी नोटमा पहिलो पटक महिलाको तस्बीर राखिदैँ

अमेरिकाले पहिलोपटक मुद्रामा महिलाको तस्बिर अंकित गर्ने भएको छ । २० डलरको नोटमा दासप्रथा विरोधी अभियन्ता हरियट टबम्यानको तस्बिर अंकित गर्ने निर्णय अमेरिकाको वित्तीय विभागले सार्वजनिक गरेको छ । टबम्यान मुद्रामा अंकित हुने पहिलो दास पनि हुनेछिन । दासका रूपमा जन्मिए पनि टबम्यानले दासप्रथाको चरम अवस्थामा समेत विरोध गरिन् । १८२० मा जन्मिएकी टबम्यानले सयौं दासहरूलाई भगाएकी थिइन् । उनको तस्बिर २० डलरको नोटको अगाडि राखिने जनाइएको छ । अहिले यो नोटमा भूतपूर्व राष्ट्रपति एन्ड्र्यु ज्याकसनको तस्बिर छ । अमेरिकाको वित्तीय विभागले अन्य मुद्रामा पनि परिवर्तन गर्ने तयारी गरेको छ ।

अमेरिकी नोटमा पहिलो पटक महिलाको तस्बीर राखिदैँ Reviewed by marumala srinu on 9:13 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.