Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

नेपालको नक्सामाथि प्रधानमन्त्रीले लेखे, ‘वेलकम टु नेपाल’

‘नेपाल लगानी र भ्रमण गर्न सुरक्षित छ’
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटकका लागि नयाँ सुरक्षित रहेको बताएका छन् । ओलीले विदेशी लगानीकर्ता र पर्यटकलाई नेपालमा लगानी र भ्रमण गर्न आग्रह गर्दै भने, ‘म विदेशी मित्रलाई आग्रह गर्छु, हल्लाको पछाडि नलाग्नुहोस्, नेपाल लगानी र भ्रमण गर्न सुरक्षित छ ।’
मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा घुमफिर वर्ष २०७३ का अवसरमा आयोजित कार्यक्रममा उपस्थित प्रधानमन्त्री ओलीले सबै पर्यटकलाई नेपालमा स्वागत गर्दै नेपालको नक्सामा ‘वेलकम टु नेपाल’ समेत लेखेका छन् ।
ओलीले भूकम्पपछि नेपाल असुरक्षित भएको हल्ला मात्र भएको बताए । ‘गतवर्षको भुइँचालोले नेपालका सबै क्षेत्रमा नै पूर्ण क्षति पारेको होइन, आंशिक क्षतिमात्र पारेको हो, विदेशमा यहाँ लगानी गर्न र घुम्न सुरक्षित छैन भनेर ठूलो हल्ला चल्यो,’ उनले भने, ‘भूकम्पले क्षति गरेको भए पनि पर्यटकका लागि घुम्नका निम्ति नेपाल असुरक्षित छैन ।’
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौतमबुद्ध जन्मेको पवित्र भूमि, आरध्यदेव पशुपतिनाथ, विश्वको सर्वोच्च शिखर सगरमाथा, प्राकृतिक सुन्दरताको अनुपम सुन्दर एवम् ऐतिहासिक मठमन्दिर, पाटन, भक्तपुर हनुमानढोका क्षेत्र घुुम्न विदेशी पर्यटकलाई आग्रह गरे ।
उनले भने, ‘भुइँचालोले हाम्रा एतिहासिक, पुरातात्विक स्थललाई आंशिकमात्र क्षति पुर्याएका हो, ती स्थलको घुमेर आनन्द लिन म सबैसित आग्रह गर्दछु ।’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल घुम्न चीन, भारत, टर्की, थाइल्यान्ड, न्युजिल्यान्डलगायत देशबाट पर्यटकलाई दोसल्ला ओढाइ सम्मानसमेत गरे ।
नेपालको आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्न मन्त्रालयले यसवर्षलाई घुमफिर वर्षका रुपमा मनाउन सुरु गरेको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देशलाई विश्वका कुनाकुनामा पुर्याउन यहाँ आउने पर्यटक, सरकार तथा निजी क्षेत्रबाट थप पहलको आवश्यकता रहेको चर्चा गरे ।
उनले नेपालमा विदेशी लगानीको उचित वातावरण रहेको स्पष्टसमेत पारे ।
कार्यक्रममा उपप्रधानमन्त्री चित्रबहादुर केसी तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलको समेत सहभागिता रहेको थियो । रासस

नेपालको नक्सामाथि प्रधानमन्त्रीले लेखे, ‘वेलकम टु नेपाल’ Reviewed by marumala srinu on 3:24 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.