धादिङमा स्कुल बस र ट्रक ठोक्किँदा १६ जना घाइते
धादिङ – धादिङमा सोमबार बिहान ९ बजेतिर स्कुल बस र ट्रक एक-आपसमा ठोक्किँदा बस चालकसहित १६ जना घाइते भएका छन् । पूर्वबाट पशिचमतिर गईरहेको लु १ ख ८१७२ नमबरको ट्रक र बिपरित दिशाबाट आइरहेको बा १ क ६६५७ नम्बर को स्कुल बस एक आपसमा ठोक्किँदा १५ बिद्यार्थी घाइते भएका छन् भने स्कुल बसका चालक गम्भीर घाइते भएका छन् ।
धार्केको सुपर एकेडेमी स्कुलका १५ बढी बिद्यार्थी सवार रहेको प्रहरीले जानकारी दिएको छ । घाइते विधार्थीलाई भर्खरै धार्के अस्पताल लगिदै गरेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । ट्रकका चालक भने फरार रहेको र उनको खोजीकार्य जारि रहेको प्रहरीले बताएको छ ।
धादिङमा स्कुल बस र ट्रक ठोक्किँदा १६ जना घाइते
Reviewed by marumala srinu
on
10:28 PM
Rating:
No comments: