Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

यस्ता छन् नेपाल टेलिकमका नयाँ योजना

काठमाडौँः नेपाल टेलिकमले अन्य सेवाप्रदायक संस्थाको तुलनामा आफूलाई थप प्रतिस्पर्धी बनाउन, गुणस्तरीय सेवा दिन र ग्राहकमाझ लोकप्रिय बनाउन सुधारका मार्गचित्र प्रस्तुत गरेको छ । 
 
सुधार कार्यक्रमअन्तर्गत टेलिकमले आव २०७३/७४ मा पहिलो चरणमा महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रभित्र ‘फोर जी’ सेवा र अन्य स्थानमा ‘थ्री जी’ सेवा विस्तार गर्ने भएको छ । 
 
यसैगरी, ग्राहक वर्गले सिमकार्ड किनेको तथा फोन सम्पर्क गरेको आधारमा जम्मा हुन आउने रकम कुनै परियोजनामा लगानी गरेर सेयर वितरणसमेत गर्नसक्ने योजना ल्याउने तयारीमा टेलिकम रहेको आज कार्यालयमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । 
 
पत्रकार सम्मेलनमा सहभागी सूचना तथा सञ्चारमन्त्री शेरधन राईले भने, ‘टेलिकमलाई भरपर्दो र गुणस्तरीय सेवा प्रदायक संस्थाका रुपमा उभ्याउन यसका सेवालाई व्यापक बनाउने पहल भइरहेको छ ।’
 
यो सेवाबाट फोन सम्पर्क गरे र यसको सिमकार्ड किनेबापत कुनै परियोजनाको सेयर उपलब्ध गराउने गरी नयाँ ढङ्गले सेवा प्रवाह गर्न पनि उनले सुझाव दिए । 
 
मन्त्रालयअन्तर्गतका सबै निकायमा भएका कामको अनुगमन गर्न प्रविधिको विस्तार गर्न लागिएको जानकारी दिँदै मन्त्री राईले सबै निकायले १५ दिनभित्र आ–आफ्ना निकायका कामको विवरण बुझाउनुपर्ने गरी कार्य प्रारम्भ गरिएकाले कर्मचारीले आफ्ना आग्रह÷पूर्वाग्रह त्यागेर संस्थाप्रति जवाफदेही हुन पनि सुझाव दिए ।


नेपाल टेलिकमको सुधारको मार्गचित्र प्रस्तुत कार्यक्रममा मन्तव्य राख्दै सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलिया ।तस्बिरः रासस 

टेलिकमका अध्यक्षसमेत रहेका सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले यस संस्थाको सुधारका लागि आफूहरूले समय तोकेरै काम अघि बढाउन लागेको र केही काम गोप्यरुपमा गरिएको बताउँदै आगामी दुई वर्षभित्र अरुले पत्याउनै नसक्ने गरी काम अघि बढ्ने दाबी गरे । 
 
यही वैशाख मसान्तभित्र सबै कर्मचारीका हातमा कामको विवरण हुनुपर्ने, दैनिक आठ घन्टा काम गर्नुपर्ने, संस्थालाई सक्षम र मजबुत बनाउनेबाहेकका कुनै पनि गुनासा नसुन्ने उनले बताए ।
 
आफ्ना ग्राहकले टेलिफोन गर्दा जम्मा भएको केही पैसा कुनै परियोजनामा लगानी भए टेलिफोनको अधिक प्रयोग हुनुका साथै ग्राहकको सङ्ख्या पनि बढ्ने उनको सुझाव थियो । 
 
पार्क, रङ्गशालालगायतका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइको व्यवस्थाका लागि लगानीकर्ता खोज्न र दुर्गम पहाडी क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन पनि उनले निर्देशन दिए ।
 
टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले संस्थालाई समयानुकूल, सक्षम र प्रभावकारी बनाउन आगामी आवमा खरिद बिक्री ऐनको व्यवस्था बताए । उनले प्रबन्ध निर्देशकको नियुक्तिसम्बन्धी निर्देशिकालाई नियमावलीमा समावेश गरिने, कर्मचारी तथा सञ्चालक समिति सदस्यको अचारसंहिता बनाइने समेत बताए । 
 
आचार्यले आगामी असार मसान्तभित्र कम्पनीको पुनःसंरचना गरिने, कर्मचारीलाई पोसाकसहितको परिचयपत्रको व्यवस्था गरिने लगायतका योजना समाहित कार्ययोजना प्रस्तुत गरेका छन् । रासस 


यस्ता छन् नेपाल टेलिकमका नयाँ योजना Reviewed by marumala srinu on 6:47 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.