Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बाहुन मात्रै सयाैं वर्षदेखि सत्तामाः अशोक राई

पाँचथर—सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नेपाल अहिलेसम्म जातीय राज्य भएको आरोप लगाएका छन्। सयौँ वर्षदेखि ब्राह्मण समुदायको मात्रै शासन सत्तामा वर्चस्व रहेको उल्लेख गर्दै उनले अहिलेको राज्य नै एकल जातीय राज्य भएको बताए। 

पाँचथरको फिदिम आएका उनले आज बिहान आदिवासी, मधेसी, मुस्लिम, दलित समुदायलाई पाखा लगाएर एउटै समुदाय सत्तामा रहिरहने र सोही समुदायले उत्कृष्ट भनेको संविधान कामै नलाग्ने भएको दाबी गरे।

उनले आन्दोलन गरेर अब संविधान दुईवर्ष भित्रमा व्यवस्थापिका–संसद्बाट संशोधन गराएर कामलाग्ने बनाउनुपर्नेमा जोड दिए। संविधानले राष्ट्रिय एकता कायम गर्न नसक्ने पनि उनले जनाए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासीले अधिकार माग्दा साम्प्रदायिक र मधेसीलाई विखण्डनकारी भनेर होच्याउने गरेको पनि उनको आरोप थियो। रासस


बाहुन मात्रै सयाैं वर्षदेखि सत्तामाः अशोक राई Reviewed by marumala srinu on 9:28 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.