Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

मेक्सिकन महिलाहरुको अनौठो विजनेसः बच्चा जन्माई दिएर कमाउँछन् लाखौं रुँपैया

एजेन्सी । मेक्सिकोमा महिलाहरुले गर्ने अनौठो विजनेस मौलाएको छ । केही समय अघि नेपालमा निकै विवादमा रहेको ‘सरोगेसी’ (बच्चा जन्माइदिने काम) मेक्सिकोमा भने निकै मौलाएको छ ।
मेक्सिकोमा एक महिलाले हरेक वर्ष लाखौं रुपैयाँ कमाउने गरेको खुलासा भएको छ । उनीहरुले यूरोपका समलिङ्गीहरुका लागि बच्चा जन्माईदिने गरेको समाचारमा उल्लेख छ । उक्त कामबाट उनीहरुले एक वर्षमै यति कमाउँछन् की त्यो भनेको उनीहरुको २० वर्षको कमाई जति हुन आउँछ । २०वर्षमा कमाइने हुने रुपैयाँ एकै वर्षमा कमाइ हुन थालेपछि महिलाहरु उक्त काम गर्न थालेको बताइएको छ ।
माथि थिइएको महिलाहरुको नाम क्रमशः मिलाग्रोस, मार्था, पोलिनार मारिया हो । उनीहरु क्रमशः ३०÷३०÷२२÷ र २७ वर्षकी भएकी छिन् । उनीहरुलाई सहरको एक सुविधा सम्पन्न घरमा राखिएको छ । उनीहरुले बच्चा जन्माएको १० दिनसम्म स्तनपान गराउँने छिन् र त्यसपछि भने उनै समलिङ्गी जोडीलाई सुम्पिने छन् ।
नेपाल लगायत भारतका विभिन्न स्थानमा यस्तो हुने समाचार केही समय अघि प्रकाशित भएपछि नेपालमा यसको बारेमा विभिन्न टिका टिप्पणी भएको थियो । नेपालमा यसको बारेमा काननी विवादसमेत रहेको छ ।

मेक्सिकन महिलाहरुको अनौठो विजनेसः बच्चा जन्माई दिएर कमाउँछन् लाखौं रुँपैया Reviewed by marumala srinu on 2:27 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.