Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

गौरीकाको २९ अौँ कीर्तिमान ।

वैशाख १८, २०७३- १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजतसहित चार पदक जितेकी गौरिका सिंहले आइरिस ओपन स्वीमिङ च्याम्पियनसिपमा शुक्रबार १ सय मिटर फ्रि–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

आयरल्यान्डको डब्लिनस्थित नेसनल अक्वाटिक्स सेन्टरमा भएको प्रतिस्पर्धामा १ मिनेट १.७८ सेकेन्डसहित गौरिकाले १ सय मिटर फि–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । १३ वर्षीया उनले यस प्रदर्शनसँगै सोफिया शाहको नाममा रहेको १ मिनेट ०२.१ सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।

यो उनको व्यक्तिगत स्पर्धामा २६ औं र समग्रमा २९ औं राष्ट्रिय कीर्तिमान हो । रिलेका तीन स्पर्धाको कीर्तिमान पनि उनकै टिमले बनाएको थियो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा दुई वर्षअघि सम्पन्न १९ औं राष्ट्रिय पौडी प्रतियोगितामा आठ राष्ट्रिय कीर्तिमान बनाएर ११ वर्षको छँदै उनले तहल्का मच्चाएकी थिइन् । उनले २० औं राष्ट्रिय पौडीमा सहभागी ६ स्पर्धामै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

त्यसैका आधारमा उनले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा जुलाई–अगस्ट, २०१५ मा कजान (रुस) मा भएको १६ औं फिना वल्र्ड च्याम्पियनसिपमा मौका पाइन् । त्यसमा दुई सहभागी स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाइन् ।
नोभेम्बर, २०१५ मा दुबईमा भएको फिना एयरवेभ स्वीमिङ वल्र्डकपमा पनि उनले प्रतिस्पर्धा गर्ने अवसर पाइन् । त्यसमा पनि सहभागी दुवै स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

लन्डनस्थित बार्नेट कोप्टहल स्वीमिङ क्लबमा चार वर्षयता नियमित प्रशिक्षण गरिरहेकी १३ वर्षीया उनले १२ औं सागमा २ सय मिटर इन्डिभ्युजल मिड्लेमा रजत तथा २ सय मिटर ब्याकस्ट्रोक, १ सय मिटर ब्याकस्ट्रोक र ४ सय मिटर फ्रिस्टाइलमा कांस्य जितेकी थिइन् । दक्षिण एसियाली खेलकुदमा पौडीको व्यक्तिगत स्पर्धामा पदक जित्ने उनी पहिलो नेपाली हुन् ।

अगस्ट, २०१६ मा ब्राजिलमा हुने रियो ओलम्पिक २०१५ मा नेपालको प्रतिनिधित्व गर्ने लक्ष्य लिएकी उनले कीर्तिमान बनाए पनि १ सय मिटर फ्रि–स्टाइलको फाइनल चरणको यात्रा भने तय गर्न सकिनन् ।

उनले अघिल्लो दिन १ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर फ्रि–स्टाइलमा पौडिएकी थिइन् । त्यसमा क्रमश: १ मिनेट ७.८३ सेकेन्ड र २ मिनेट १३.४८
सेकेन्डमा दूरी पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान नजिक पुगेकी थिइन् । उनी १ सय मिटर ब्याकस्ट्रोकमा सेमिफाइनलसम्म पुगेकी थिइन् ।

अन्तर्राष्ट्रिय पौडी महासंघको मान्यता प्राप्त आइरिस ओपनमा उनले शनिबार ४ सय मिटर फ्रि–स्टाइल वा २ सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्र्पा गर्नेछिन् । यसबारे बार्नेट कोप्टहल स्वीमिङ क्लबका प्रशिक्षक राइस गोर्मलीले निर्णय गर्ने गौरिकाका बुवा पारस सिंहले जानकारी दिएका छन् ।


गौरीकाको २९ अौँ कीर्तिमान । Reviewed by marumala srinu on 11:52 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.