Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कैलाली–कञ्चनपुरमा माछा पालन व्यवसाय फस्टाउदै

सरकारले व्यवसायिक माछापालक कृषकलाई अनुदान दिन थालेपछि कैलाली–कञ्चनपुरमा माछा पालन व्यवसाय फस्टाउदै जान थालेको छ । कम लगानी र थोरै मिहिनेतमा राम्रो आम्दानी हुन थालेपछि माछा पालन व्यवसाय फस्टाउदै जान थालेको हो ।
सरकारले कृषि क्षेत्रमा लगानी गर्ने उदेश्यले कृषकहरुलाई अनुदान दिन थालेपछि, धेरैजसो युवाहरु माछा पालन व्यवसायतर्फ आकर्षित हुन थालेका हुन् । कैलाली र कञ्चनपुरमा प्राकृतिक ताल र पोखरी निर्माण गरी धेरैजसो कृषकहरु व्यवसायिक माछापालनमा सकृय रहेका छन् । सरकारी जागिर छाडेर माछा पालन व्यवसायमा लाग्नुभएका कञ्चनपुरको रैकवार विचुवाका कृषक जगदिश वलायरले थोरै मिहिनेतमा राम्रो आम्दानी हुने देखेपछि यो पेशामा लागेको बताउनुभयो ।
बेरोजगार युवाहरुको पहलो रोजाई विदेश भईरहेको बेला यस क्षेत्रका धेरै युवाहरुको रोजाईमा भने व्यवसायिक माछा पालन बन्न पुगेको मत्स्य विकास केन्द्र गेटाका प्राविधिक सहायक भिम भण्डारीले बताउनुभयो ।
माछापालन व्यवसायप्रति कृषकको लगाव र आकर्षण बढ्न थालेपछि कैलाली–कञ्चनपुरमा ५ लाख हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरी व्यवसायिक माछा पालन भईरहेको बताउँदै भण्डारीले माछापालन व्यवसायबाट ६ हजार २ सय ७७ कृषकले मनग्य आम्दानी गर्न सफल भएका छन ।
मत्स्य विकास केन्द्रले अनुसार चालु आर्थिक वर्षको बैशाख दोस्रो हप्ता सम्ममा ह्याचरिङ १ लाख ४० हजार बिक्रि लक्ष्यमा १ लाख २६ हजार, फराई २० लाखमा १६ हजार, फिङगरिङ २५ लाखमा साढे १६ हजार विक्री गरेको जनाएको छ । व्यवसायिक कृषकहरुका संख्यामा बृद्धी हुनु र मत्स्य विकास केन्द्रको क्षमतामा बृद्धि नहुनुले सबै क्षेत्रमा माछाका भुरा वितरण गर्न नसकेको केन्द्रले मागको ५० प्रतिशत मात्र भूरा पूर्ति गर्न सकेको केन्द्रका प्राविधिक साहयक भण्डारीले बताउनुभयो ।
माछा पालक कृषकहरु बढेपछि सुदुरपश्चिमभर माछाको भूरा वितरण गर्दै आएको मत्स्य विकास केन्द्र गेटाले मागको ५० प्रतिशत पनि भूरा पूर्ति गर्न सकिरहेको छैन ।
कैलाली–कञ्चनपुरमा माछा पालन व्यवसाय फस्टाउदै Reviewed by marumala srinu on 4:44 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.