Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सशस्त्र प्रहरीका पूर्वआईजीपीहरूलाई यसरी फरार गराइयो

काठमाडौं ,७ वैशाख । धरौटीमा राखेर अनुसन्धान गरेका व्यक्तिलाई पनि फरार अभियुक्त भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउन थालेपछि विशेष अदालतका कर्मचारी हैरान हुन थालेका छन् ।
अख्तियारको यस्तो त्रुटीका कारण मुद्दा प्रक्रिया निकै झन्झटिलो हुने र आरोपीहरूले चलखेल गर्ने गरेको विशेष अदालतले जनाएको छ ।
सशस्त्र प्रहरीको भ्रष्टाचार मुद्दामा सबै आरोपीहरू फरार छन् । अदालतका कर्मचारी आरोपीहरूको ठेगाना नभेटेर हैरान भएका हुन् । फरार भएका अभियुक्तहरूलाई उपस्थिति हुनका लागि अदालतले समय दिने गरेको छ । त्यसका लागि उनीहरूलाई सूचना दिन नै अहिले अदालतलाई समस्या परेको छ ।
अख्तियारले मुद्दा दायर गरेका सशस्त्र प्रहरीका चारै जना पूर्वआईजीपी तथा अन्य अधिकारीहरू सबै फरार छन् । सामान ढुवानीको नक्कली बिल बनाएर वर्षौंदेखि संस्थागत भ्रष्टाचार गरेको खुलेपछि अख्तियारले एक बहालवाला र तीन पूर्वआईजीपीविरुद्ध मुद्दा दायर गरेको थियो ।
कोषराज वन्त, शैलेन्द्र श्रेष्ठ, सनतकुमार बस्नेत तथा बासुदेव ओलीविरुद्ध मुद्दा दायर भएको थियो । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।
बयानको क्रममा बोलाई धरौटी लिएपनि मुद्दा दायर गर्ने बेलामा भने आयोगले उनीहरू उपस्थित हुन सक्थे ।
पक्राउ परेर मुद्दा चलाएको खण्डमा अदालतमा बहसको क्रममा उनीहरू जेलमा बस्नुपर्दथ्यो । सबैको बयान एकैदिन नसकिने भएकाले उनीहरूलाई जेलमा बसेर थुनछेक बहस हुन्थ्यो ।
तर, फरार बनाएर मुद्दा चलाएपछि आफूहरूलाई पायक परेको बेला अदालतमा उपस्थित भएर उनीहरू बहसमा भाग लिन पाउँछन् । त्यसकारण आरोपीलाई सहयोग हुने गरी मुद्दा दायरको क्रममा अख्तियारले पनि नीतिगत भ्रष्टाचार गरेको छ ।

सशस्त्र प्रहरीका पूर्वआईजीपीहरूलाई यसरी फरार गराइयो Reviewed by marumala srinu on 9:00 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.