साताभर सुनको मूल्य १७ सय महंगियो
१८ वैशाख, काठमाडौं । यो साता सुनको भाउ १७ सय रुपैयाँले बढेको छ । साताको सुरुमा सुनको भाउ सामान्य बढेपनि अन्तिम दिनतिर भने उल्लेखनीय वृद्धि देखा पर्यो ।
शुक्रबार एकैदिन सुनको भाउ १२ सय रुपैयाँले बढेको छ । साताको पहिलो दिन ५४ हजार ८ सय रुपैयाँमा किनबेच भएको सुन अन्तिम दिन शुक्रबार ५६ हजार ५ सय रुपैयाँमा किनबेच हुन पुग्यो ।
अमेरिकी गैह्रकृषि बेरोजगार दर ४२ वर्षयताकै सबैभन्दा कम रही अनुकल अवस्था रहेपनि यो वर्षको पहिलो त्रैमासिक गार्हस्थ उत्पादन दुई वर्ष यताकै खराब स्थितिमा पुगेकाले डलर सामान्य अवमूल्यन भएपछि सुरक्षित लगानीका लािग सुनको माग चुलिँदा भाउ बढेको हो ।
अर्कोतिर अमेरिकी संघिय बैंकले ब्याजदर साविक नै कायम गरेपछि यसले हाललाई कमसेकम ३ महिनासम्म ब्याजदर नबढ्ने आंकलन विश्लेषकहरुले गरेका छन् । जसले गर्दा पनि सुनको मागमा सुधार देखिएको छ ।
साताभर सुनको मूल्य १७ सय महंगियो
Reviewed by marumala srinu
on
11:12 PM
Rating:

No comments: