Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

रोनाल्डो बिना खेलेको रियलको संघर्षपूर्ण जित, बेलको २ गोल

१२ – रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावना कायम राखेको छ । ला लिगा अन्तर्गत शनिबार राति रायो भोलेकानोसँगको खेलमा सुरुवातको १४ मिनेटमा नै २–० ले पछि परेको अवस्थालाई उल्याएर रियल मड्रिड ३–२ ले विजयी भयो ।
 सातौं मिनेटमा एडरी एमब्राबाले गोल गर्दै रायो भालेकानोलाई सुरुवाती अग्रता दिलाए । त्यसको सात मिनेटपछि फेड्रो फ्लोरेसले रायो भालेकानोको अग्रता दोब्बर पारे । ३५ औं मिनेटमा ग्यारेथ बेलले रियल मड्रिडका लागि पहिलो गोल गरे ।
 पहिलो हाफमा २–१ ले पछि परेको रियलका लागि ५२ औं मिनेटमा लुकास भाजक्वाजले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । ८१ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल ३–१ ले विजयी भयो । 
दायाँ खुट्टाको थाइको चोटका कारण यो खेलमा क्रिष्टियानो रोनाल्डो खेलेका थिएनन् । जितपछि तेस्रो स्थानको रियलको लिगका तीन खेल बाँकी हुँदा ८१ अंक भएको छ । रियल शीर्ष दुई स्थानका बार्सिलोना र एथ्लेटिको मड्रिड भन्दा एक अंकले पछि छ । 


रोनाल्डो बिना खेलेको रियलको संघर्षपूर्ण जित, बेलको २ गोल Reviewed by marumala srinu on 10:18 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.