Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बांग्लादेशमा एक प्राध्यापकको हत्या

बांग्लादेशमा एकजना विश्वविद्यालयका प्राध्यापकको एउटा आक्रमणमा हत्या भएको प्रहरीले जनाएको छ।

उनको हत्या सन्दिग्ध इस्लामवादी कट्टरपन्थीहरुले स्वतन्त्र र नास्तिक ब्लगरहरुको यसअघि भएको हत्यासँग मिल्दोजुल्दो छ।

हत्या भएका ५८ वर्षीय प्राध्यापक एएफएम रेजउल देशको उत्तरपश्चिममा पर्ने राजशाही विश्वविद्यालयमा अंग्रेजी विषय पढाउँथे। 

आक्रमण

घरबाट विश्वविद्यालय जाँदै गर्दा प्राध्यापकलाई अज्ञात आक्रमणकारीहरुले छुरा हानी आक्रमण गरेका थिए।

गएको वर्ष चारजना प्रभावशाली स्वतन्त्र ब्लगरहरुको पनि छुराकै आक्रमणबाट हत्या गरिएको थियो।

यद्यपी सिद्दिकीका सहकर्मीहरुले भने यसअघिका पीडितहरुले जस्तो उनले विवादास्पद केही नलेखेको र उनी नास्तिक पनि नरहेको बताएका छन्।

प्रहरीहरुले उनलाई सन्दिग्ध इस्लामवादी कट्टरपन्थीहरुले आक्रमण गरेको विश्वास लिएका छन् किनभने प्राध्यापक रेजउल सांस्कृतिक कृयाकलापहरुमा सहभागी हुने गर्दथे ।

बीबीसीका ढाका संवाददाता अकबर होसेनले भनेका छन्, कट्टरपन्थी इस्लामवादी समूहहरु सांस्कृतिक क्षेत्रमा सहभागी हुने मानिसहरुलाई मन पराउँदैनन्।

उनले एउटा संगीत विद्यालय स्थापना गरेको र एउटा साहित्यिक पत्रिका पनि सम्पादन गरिरहेको उनको परिवारले बीबीसीलाई बताएको छ।

सहायक प्रहरी आयुक्त नहिदुल इस्लामले समाचार संस्था एएफपीलाई भनेका छन्, उक्त संगीत विद्यालय बागमारामा पर्छ जहाँ गैरकानुनी इश्लामवादी समूह जमयतुल मुजाहिदिन बांग्लादेश (जेएमबी) को पूर्व अखडा थियो।

माग

गत वर्ष ईटलीका एकजना क्याथोलिक पादरीलाई हमला गरेको अभियोगमा जेएमबीका सदस्यलाई गिरफ्तार गरिएको थियो।

राजशाही विश्वविद्यालयका सयौं विद्यार्थीहरुले आफ्ना शिक्षकको हत्याको विरोधमा प्रदर्शन गरेका र जिम्मेवार व्यक्तिहरुलाई तुरुन्तै गिरफ्तार गर्नुपर्ने माग राखेका बताईएको छ।

सिद्दिकी भन्दा पहिले उक्त विश्वविद्यालयमा विगत १२ वर्षमा ३ जना प्रोफेसरको हत्या भईसकेको छ।

उनीहरुलाई किन निशाना बनाईएको हो त्यो स्पष्ट छैन र ती हत्याका लागी कसैलाई दंड दिईएको छैन।

यसै महिना केही समय अगाडि ईन्टर्नेटमा धर्मनिरपेक्ष विचार व्यक्त गरेका एकजना कानुनका विद्यार्थीलाई ढाकामा छुरीले हमला गरिएको थियो र गोली हानेर मारिएको थियो।

शिआ, सुफी, र अहमदी मुसलमान र ईसाई र हिन्दु लगायतका धार्मिक अल्पसंख्यक समुदायका सदस्यमाथि पनि धेरै हमला भईरहेका छन्।

मुसलमानको बाहुल्य रहेको बांग्लादेश धर्म निरपेक्ष हो तर सरकार यी आक्रमणहरुको सम्बोधन गर्न असफल भएको आलोचकहरु बताउँछन्।



बांग्लादेशमा एक प्राध्यापकको हत्या Reviewed by marumala srinu on 10:01 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.