मा.प.सेमा उत्तर कोरियाली दूतावासका कर्मचारी पक्राउ
उनले चलाएको २९ सीडी ३ नम्बरको कुटनीतिक नम्बर प्लेटको कारले वीर अस्पतालका चिकित्सकले चलाएको मोटरसाइकललाई ठक्कर दिएपछि उनलाई तत्काल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनले मापसे गरी अनियन्त्रित रुपमा कार हाँकेको प्रहरीले बताएको छ । हेले चलाएको कारले वीर अस्पतालका चिकित्सक विजय पाण्डेको बा ७२ प ६४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट पाण्डे सामान्य घाइते भएका छन् ।
कार ट्राफिक प्रहरीको नियन्त्रणमा छ । प्रहरीले होलाई ट्राफिक नियमसम्बन्धी जनचेतनामुलक कक्षामा सहभगी गराउने सर्तमा दूतावासको जिम्मा लगाएको छ । उत्तर कोरियाली सेनाको स्थापना दिवस भएकाले आफूले मापसे गरेको होले प्रहरीलाई बताएका थिए ।
मा.प.सेमा उत्तर कोरियाली दूतावासका कर्मचारी पक्राउ
Reviewed by marumala srinu
on
8:41 PM
Rating:
Reviewed by marumala srinu
on
8:41 PM
Rating:

No comments: