Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

एउटा हातमा बन्दुक, अर्कोमा कलम चलाउने कर्णेल

जागिर नेपाली सेनामा । तर, उनको लगाव सेनामा मात्र सीमित छैन । सेनाको कडा अनुशासन पालना गर्दै, बँचेखुचेका समय निचोरेर राजनीति शास्त्रमा विद्यावारिधिसम्म गर्न भ्याएका छन् । कलामा उस्तै लगाव छ । कहिले गीतको एल्वम निकाल्छन्, कहिले म्युजिक भिडियो निर्देशन गर्छन् त कहिले लेख रचना, गीत, कविता लेख्छन् । कहिले चित्र कोरेर आर्ट ग्यालरीमा टाँस्छन् त कहिल नेपाल बाहिर विदेशमा आफ्नो लोक कला तथा संस्कृति साथै नृत्य प्रस्तुतिका विभिन्न स्टेज तथा जमघटमा गर्दछन् । किनकी उनको दिलमा सधैँ एउटै कुराले राज गरिरहेको हुन्छ, ‘मेहनत’, ‘मेहनत’ र ‘मेहनत’ साथमा इमान्दारिता ।
लमजुङ परेवाडाँडाको प्रडक्ट हुन्, डा. आशबहादुर तामाङ (बि.सं.२०२४ माघ १८) । २०४२ सालमा भबिष्यको खोजी गर्दै राजधानी छिरेका तामाङ अहिले सेनाको कर्णेलसम्म पुगेका छन् । आमाले गोरु बेचेर पठाइदिएको पैसाले चिरिएको पुरानो कुपन्डोल, ललितपुरको घरमा डेरा बसेर उनले मेहनत गरे । एक सुकामा पाईने एक मुठो सागलाई दुई छाक बनाएर खाए । अनि ल क्याम्पसमा भर्ना भए । निरन्तर पढाईलाई माया गरे । निरन्तर संघर्ष गरे । संघर्षबाट कहिल्यै नथाक्ने नाम हो, आशबहादुर तामाङ ।
धेरै छोरीपछि जन्मिएका एउटा छोराप्रति पक्कै पनि आशा हुने भयो । बाबा चन्द्रबहादुर तामाङले ठूलो आशाको साथ उनको नाम राखिए ‘आशबहादुर’ । चन्द्रबहादुरको पुर्खौली सम्पत्ति पनि केही थिएन । डा. तामाङ भन्छन्, ‘बुवाले मेरो पुर्खौली सम्पत्ति यही हो बाबुु भन्दै एउटा कचौरा देखाउनुहुन्थ्यो । दुखजेलो निभेक गरेर मलाई पढाउनुभयो, मेहेनत र इमान्दारीको पाठ सिकाउनु भयो । त्यसैले मेरो लागि साक्षात भगवान बुवाआमा मान्दछु ।’ पुर्खौली सम्पत्ति नभए पनि उनको बाबा त्यतिबेलाका कहलिएका धुरन्धर गायक थिए । गोर्खा, तनहुँ, लमजुङ लगायतको ठाउँमा उनको नाम सर्वत्र थियो । आमाको स्वर पनि उस्तै तिखो थियो । तामाङ आफ्नो बुबाको सम्झनामा हराउँछन्, ‘०४४ सालदेखि लोक भजन गाउन थाल्नुभयो, पुजामा मेरो बाबा पक्का आउनु भएपछि मात्र पण्डितलाई बोलाइन्थ्यो ।’
बच्पनमा पनि हुने विरुवाको चिल्लो पात जस्तै थिए, तामाङ । माबि पढ्नका लागि एक घण्टाको बाटो छिचोरेर पुग्नुपर्दथ्यो । तर, कुनै दिन स्कुल बिराएनन् । घण्टिलाग्नु अगाबै पुगे । विद्यालय जीवनमा फर्कन्छन्, ‘विहानभर काम गरेर स्कुल जान्थेँ । कहिले खान ढिला हुन्थ्यो, अनि भोकै पुग्थेँ ।’ कति दिन उनको वुवाआमाले स्कुलमै कहिले भात कहिले पुवा बोकेर पुगेका थिए टिफिन टाइममा खुवाउनको लागि । तामाङ भन्छन्,‘धेरै पटक हापछुट्टीमा खाना खाएको छुँ ।’
भनिन्छ, सिपाही हुनका लागि कठोर हृदय चाहिन्छ । तर, डा. आशबहादुरको हकमा यो लागू हुँदैन् । बन्दुक बोक्नेहरुको पनि भाबुक हृदय हुन्छ भन्ने उदाहरण हुन उनी । आशबहादुर भन्छन् –‘एउटा हातले बन्दुक र अर्को हातले कलम चलाउन सम्भव छ’, उनी नेपाली सेनाका महासेनानी हुन् तर, घमण्डको कुनै राग देखिन्दैन् । उनको जीवनकै मुलमन्त्र हो, कर्मलाई पूजा र ‘सादा एवं सन्तुलित जीवन ।’
पढाईको अलवा तामाङले कविता, निवन्ध लेख्थे र भानु जयन्ती लगायत स्कुलका विभिन्न कार्यक्रममा पाठ गर्थे । भन्छन्, ‘स्कुल छँदा कविता, निबन्ध र चित्रकलामा पहिलो भएर धेरै पुरस्कार थापेको छु ।’ उनी चित्र कोर्न पनि सिपालु थिए । थप्छन्, ‘८ कक्षा पढ्दा कोरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको चित्र अहिले पनि स्कुलमै टाँसेर राखिएको रहेछ र त्यसमा लेखिराखेको छ मानिस ठूलो दिलले हुन्छ जातले हुदैन ।’
एउटा दुःखद घटना । जसले उनलाई सँधै झस्काइरहन्छ । तामाङ स्मरणमा हराउँछन्, ‘सात,आठ वर्षको थिएँ । घर नजिकैको लाहुरकाटे दहमा पौडी खेल्न गएको थिएँ । चोरले लाहुरेलाई काटेर मारेकाले त्यसलाई लाहुरकाटे भनिएको किवदन्ती थियो । दह निकै गहिरो थियो । मसँग गाउँनै उल्टिएर नाउदी खोलामा माछा मार्ने क्रममा बहबिष हाल्न गएको थियौं, केही गाउँलेहरु पौडी खेल्दै थिए, पौडदै थिएँ, खुट्टा गाडिएजस्तो आभास भयो । अरु केही थाहा पाइन । ठूला कान्छा दाइ मलाई छोडेर बाहिर निस्कनु भएछ र म चाँहि डुबेछु ।’ तामाङ रोकिँदैनन्, ‘त्यहीबेला भारतिय लाहुरे गोपीचन्द्र अधिकारी माछा मार्न आउनु भएको रहेछ । उहाँले माछाको लागि दहमा नाउगुडी हाल्नु भएछ । मैले त्यसलाई समाएछु । उहाँले तर्सिएर तान्दा म बाँचेछु ।’ पछि तामाङको बाबाआमाले भने, ‘बाबु तँलाई केही भैदिएको भए, हामी कहाँ जान्थ्यौँ थाहा छैन ।’
तामाङले लमजुङको कुन्छास्थित श्री शान्ति माध्यमिक विद्यालय (हाल उच्च मा.वि.) बाट फस्ट डिभिजन ल्याएर २०४१ सालको एसएलसी पास गरे । फस्ट डिभिजनमा एसएलसी पास गर्ने लमजुङ जिल्लाका तीन जना मध्येका एक थिए तामाङ ।
तर, एसएलसीको रिजल्ट आउनुभन्दा चार दिन पहिले उनको बाबा संसारबाट बिदा भए । एसएलसी पासको खुशीयालीमा रमाउने बेला उनी बरखी बारदै थिए । तामाङले आफ्नो त्यो सफलता बाबालाई पनि देखाउन पाएनन् । सम्झन्छन्, ‘साथीहरु पास भएको हर्षउल्लास मनाइरहेका थिए, म भने किरियापुत्री बसेर बाबाको सम्झनामा कविता लेख्दै थिएँ ।’
तामाङको बाबाले सकेजति पढ्ने बातावरण मिलाइदिए । सधैँ सम्झाउने गर्थे, ‘जाँडरक्सी, चुरोट खानु हुँदैन ।’ अहिले पनि तामाङ यी सबै लतबाट टाढा छन् ।
उनी ७ कक्षादेखि एसएलसीसम्म कहिल्यै सेकण्ड भएनन् र पढाईमा सँधै अबल रहे । स्कुल पढ्न फी तिर्नुपथ्र्यौ । उनलाई त्यो पनि तिर्न परेन, इमान्दार, छात्रबृत्तिमै पढे । नौ कक्षामा पढेर, नौ कक्षालाई नै कहिलेकाँही हिसाब पढाउँथे । तामाङ खुल्छन्, ‘त्यतिबेला ट्युसन कोचिङ, गेसपेपर भन्ने त थाहा पनि थिएन, कक्षा शुरु भएको ६ महिनासम्म किताब खोज्दै हिड्थ्यौँ ।’
एसएलसी पासपछि उच्च शिक्षाको लागि २०४२ मा काठमाडौं आए । पहिलोपटक उनको आँखाले मोटरबाटो र गाडि देखेको थियो । उनको धोको त साइन्स पढ्ने थियो । तर, उनको रहरलाई पैसाले बाटो छेक्यो । अनि ल क्याम्पसमा कानून पढ्न थाले ।
कुपण्डोलको एउटा चिरिएको घरमा डेरा बस्थे । एउटा कोठामा तीन जना साथीसँग । जहिल्यै भूँचालोको डरले थर्कमान थिए, उनीहरु । तर, पनि रात काट्न र जीवन धान्न ७५ रुपैँयाकै डेरा पाउनु पनि धन्य थिय

एउटा हातमा बन्दुक, अर्कोमा कलम चलाउने कर्णेल Reviewed by marumala srinu on 6:38 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.