यी फलफुलले छाला चाउरी पर्नबाट बचाउँछ
एजेन्सी – बृद्ध हुनु प्राकृतिक नियम हो । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने ? हो युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउन सकिन्छ । सर्वसुलभ रुपमा पाइने पाँच प्रकारका फलफुल जसले छालामा चमक ल्याउँछ र चाउरी पर्न रोक्छ ।
सुन्तला : सुन्तलामा प्रर्याप्त मात्रामा पोषण हुन्छ । भिटामिन सीयुक्त यो फलले छालाका तन्तुलाई कसिलो र चम्किलो बनाउँछ । सुन्तलाको जुसले बृद्ध हुने समस्याबाट धेरै हदसम्म बचाउँछ । छालामा भएको छिद्रालाई रोक्न सुन्तलाको जुस अनुहारमा दल्न पनि सकिन्छ । जुसले अनुहारका विमिरा, धर्सा हटाउँछ । सुन्तालाको बोक्रा अनुहारमा दल्दा अनुहार चमक हुन्छ ।
स्याउ : स्याउमा छालालाई चमक दिने एक प्रकारको विशेष गुण हुन्छ । स्याउमा हुने कपर र भिटामिन सी छालालाई चमक दिन्छ । त्यस्तै छालाको लागि अत्यावश्यक पोटासियम पनि स्याउमा पाइन्छ ।
मेवा : पवित्र फलको रुपमा चिनिने मेवामा प्राकृतिक रुपमा पोषणयुक्त तत्वहरु हुन्छन । मेवाले तौल घटाउन र मुटुको रक्षा समेत गर्छ । यसले तपाईको छालालाई ताजा र जवान देखाउछ । यदि मेवाको कालो विया पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुन्छ । मेवाको वियाले शरिरको उत्तेजनालाई फाल्नुका साथै कालो छालाको कोषहरुलाई हटादिन्छ ।
खरबुजा : खरबुजाले तपाईको छालालाई चिसो र नरम मात्र बनाउदैन यसमा हुने भिटामिन सी र एले अनुहारको छाला बुढो देखिनबाट बचाउछ । नियमित खरबुजाको सेबनले छालाको छिद्रा हराउछ । खरभुजाको टुक्रा क्लिन्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
अनार :
अनारमा ठूलो मात्रामा प्युनिसिक एसिड, इलेजिक एसिड र एन्टिअक्सिडियन्टस हुन्छ । ओमेगा ३ फ्याटी एसिडयुक्त अनारले छालाको कोषलाई बृद्धि गर्छ । यसले रेड ब्लड कर्पुस्केल्स (आबीसी) हुने रक्त प्रबाहका लागि उपयोगी हुन्छ । यसमा भिटामिन ए, सी इ लगायत महत्वपूर्ण खनिजहरु हुन्छन् । यो एउटा स्वभाविक मोश्चराइजर पनि हो जसले छालालाई सुख्खा हुनबाट बचाउँछ ।
यी फलफुलले छाला चाउरी पर्नबाट बचाउँछ
Reviewed by marumala srinu
on
12:26 AM
Rating:

No comments: