उत्तर कोरियामाथि अमेरिकाको नयाँ प्रतिबन्ध
वासिंटन-अमेरिकाले उत्तर कोरियामाथि परमाणु परीक्षण एवं व्यालेस्टिक मिसाइल परीक्षण गरेको भन्दै नयाँ प्रतिवन्ध लगाउने घोषणा गरेको छ। उत्तर कोरियाले ६ जनवरीमा परमाणु परीक्षण र सात फेब्रअरीमा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको भन्दै ह्वाइट हाउसका प्रवक्ता जोश अर्नेस्टले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको बताए।
अन्तर्राष्ट्रिय संचामाध्यमका अनुसार राष्ट्रपति बराम ओबामाले उत्तर कोरियाको सो कदम विरुद्ध नयाँ प्रतिबन्ध लगाउन आदेश दिएका हुन्। राष्ट्रपति ओबामाले अमेरिका र विश्व समुदायसँग उत्तर कोरियाको अवैध परमाणु परीक्षण एवं ब्यालेस्टिक मिसाइलजस्ता गतिविधिलाई स्विकार गर्न नसक्ने बताएका छन्। 'हामीले नयाँ प्रतिबन्ध यसै सिलसिलामा लगाएको हौं,' उनले भने।
ओबामाले हस्ताक्षर गरेको दस्तावेज अनुसार उत्तर कोरियाली जनताको विरुद्धमा नभइ सरकारको विरोधमा भएको जनाइएको छ। संयुक्त राष्ट्रसंघले यसअघि नै उत्तर कोरियामाथि आर्थिक नाकाबन्दी लगाइसकेको छ भने अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। उत्तर कोरियाले भने अमेरिका र दक्षिण कोरियाबीचको सयुक्त सैन्य अभ्यासको विरोध गर्दै आगामी दिनमा परमाणु बम तथा व्यालेस्टिक मिलाइलको प्रक्षेपणगर्ने चेतावनी दिँदै आएको छ।

Reviewed by marumala srinu
on
3:09 AM
Rating:

No comments: