सेकुवा कर्नरमा यौनधन्दा गर्ने संचालकसहित ४ जना युवती पक्राउ ।
इलाका प्रहरी कार्यालय इटहरीले सेकुवा कर्नरमा छापा मारेर यौनधन्दा गर्न लगाउने संचालकसहित ४ जना युवतीलाई पक्राउ गरेको छ ।
इटहरी २६ मा रहेको श्रेष्ठ होटल एण्ड सेकुवा कर्नरका संचालक ओमबहादुर श्रेष्ठसहित ४ जना युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।
संचालक श्रेष्ठले ती युवतीलाई यौनधन्दा गराउने उदेश्यले आफ्नो होटलमा राखेको डिएसपी ओम अधिकारीले जानकारी दिए। छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको उनले बताए।
यसैगरी इटहरी प्रहरीले मादक पदार्थ सेवन गरी सार्वजनिक सडकमा हिडिँरहेका महिला माथी अभद्र व्यवहार गर्ने इटहरी २ बस्ने किशोर लिम्वु र सिद्धान्त श्रेष्ठलाइ पक्राउ गरेको छ ।
सेकुवा कर्नरमा यौनधन्दा गर्ने संचालकसहित ४ जना युवती पक्राउ ।
Reviewed by marumala srinu
on
12:35 PM
Rating:
Reviewed by marumala srinu
on
12:35 PM
Rating:

No comments: