Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

दधिकोटमा बस्दै आएका वर्ष २० बर्षिय युवकले आफ्नै २२ वर्षकी दिदीलाई दिउंसै जबरजस्ती बलात्कार गरे ।

भक्तपुर, फागुन २८ - भक्तपुर जिल्ला अदालतले आफ्नै दिदीलाई बलात्कार गर्ने भाइलाई १६ वर्ष कैद सजाय र ३ लाख रुपैया क्षतिपूर्ति तिराउने फैसला गरेको छ । अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले भाइ (पीडितको पनि परिचय खुल्ने भएकाले नाम सार्वजनिक नगरिएको)लाई कसुर ठहर गर्दै यस्तो फैसला गरेको हो ।


मध्यपुर थिमी १३ निकोसेरा घरभई हाल अनन्तलिङ्गेश्वर नगरपालिका १२ दधिकोटमा बस्दै आएका वर्ष २० का ती युवकले आफ्नै २२ वर्षकी दिदीलाई गएको कात्तिक १२ गते दिउँसो जबरजस्ती बलात्कार गरेकोमा अदालतले उनलाई दोषी ठहर गरेको हो ।


अदालतले जबरजस्ती करणी महलको दफा ३ को उपदफा ५ अनुसार ६ वर्ष कैद र हाडनाता करणी १ नम्बरको ८ बमोजिम थप १० वर्ष कैद गरि भाइलाई १६ वर्ष कैद र भाइबाट  दिदीलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेष्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।


भाइविरुद्ध दिदीले प्रहरीमा उजुरी दिएपछि परिवारले पीडितलाई घरबाट र नोकरीबाट समेत संचालकले निकालेपछि तत्कालका लागि पीडितलाई खान, बस्न र अध्ययन गर्नका लागि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गत लैङ्गिक हिंसा निवारण कोषबाट तत्कालका लागि २ लाख रुपैयाँ उपलब्ध गराउने फैसला गरेको उहाँले जानकारी दिनुभयो ।


दधिकोटमा बस्दै आएका वर्ष २० बर्षिय युवकले आफ्नै २२ वर्षकी दिदीलाई दिउंसै जबरजस्ती बलात्कार गरे । Reviewed by marumala srinu on 12:30 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.