पत्रकार महासंघ बेलायतको महासचिवमा म्याग्दीको शेरपूञ्जा निर्वाचित
यूके सहित यूरोपको अवस्थाका बारेमा निरन्तर पत्रकारिताको माध्यमबाट त्यहाँ रहेका नेपालीको सफलता, सम्भावना र समस्याका बारेमा समचार प्रकाशित गरिरहेका शेरपुञ्जाले पत्रकारितको क्षेत्रमा प्राप्त गरेको सफलताले म्याग्देली उत्साहित भएको मोना यूकेका उत्तम केसीले बताए । अधिवेशनबाट नरेश खपांगी मगरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको थियो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्याम लुईंटेल, उपाध्यक्ष ध्रुवराज अर्याल र महासचिवमा लिलामान शेरपुन्जा निर्वाचित भएका छन् । सहमति हुन नसकेपछि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव पदमा भने निर्वाचन भएको थियो ।
कोषाध्यक्षमा पूर्ण गुरुङ, सहकोषाध्यक्ष रोशन राई, सचिव शिव भण्डारी र सदस्यहरुमा नरेन्द्र बस्नेत, सुजन पराजुली, भावना परिष्कृत र नृपेश उप्रेती निर्वाचित भएका छन् । प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री,नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र विष्ट,केन्द्रिय उपाध्यक्ष अनिता विन्दु, महासचिव उजिर मगर, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्ष सूर्य गुरुङ, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा, प्रगतिशील नेपाली समाजका सुरेन्द्र श्रेष्ठ, नेपाली टिभीकी संगीता मरहट्ठा, जेष्ठ सगरमाथा आरोही मीन शेरचन लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।
Reviewed by marumala srinu
on
10:31 AM
Rating:

No comments: