पाकिस्तानी क्रिकेटरले पाउने भए भारतमा सम्मान -
भारत र पाकिस्तान एकअर्काका कट्टर दुश्मन मानिन्छन् । यसअघि भारतका हिन्दू कट्टरवादीहरुले पाकिस्तानलाई क्रिकेट खेल्न भारत नआउन चेतावनी दिएपछि पाकिस्तानले विश्वकप नखेल्नेसम्मका कुरा आएका थिए ।
तर सुरक्षाको आश्वासन पाएपछि भारत आएको पाकिस्तानी क्रिकेट टोलीले अहिले भारतमा प्रशंशा पाइरहेको छ । शनिबार पाकिस्तान र भारत इडेन गार्डेन रंगशालामा भिड्नुअघि समाजिक सञ्जाल फेसबुकमा केही पाकिस्तानीले भारतको समर्थन गरेका छन् त केही भारतीयहरुले पाकिस्तानको ।
भारत र पाकिस्तानका खेलप्रेमीबीच यस्तो सद्भाव देखिएका बेला बंगाल क्रिकेट एशोसियसनले दुई देशबीचको खेलअघि इडेन गार्डेन रंगशालामा भारत र पाकिस्तानका चार–चार दिग्गज क्रिकेटरलाई सम्मान गर्ने भएको छ ।
भारतबाट सन्यास लिइसकेका विरेन्द्र सेहवाग, सचिन तेन्दुलकर, सुनिल गावास्कर र कपिलदेव तथा पाकिस्तानका इमरान खान, वकार यूनुस, वसीम अक्रम र इन्तिखाम आलम खेलअघि सम्मानित हुनेछन् । उनीहरुलाई खेल सूरु हुनअघि साँझ ६ बजे स्मुति चिन्ह दिएर सम्मानित गरिनेछ ।
यसअघि भारतका पूर्व कप्तान सौरभ गांगूली पनि खेल हेर्न आउने कार्यक्रम थियो । तर उनी खेल हेर्न नआउने भएपछि गांगूलीको सट्टामा सेहवागलाई सम्मान गर्ने कार्यत्र mम राखिएको बंगाल क्रिकेट एशोसियसनका अधिकारीले बताएका छन् । सेहवागले गत अक्टूबरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनले यस वर्ष आईपिएल खेल्ने छैनन् ।

No comments: