Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

नेपालभित्रै २३ खर्ब रुपैयाँको ठूलो फलाम खानी भेट्टियो ।

कावासोती । नेपालमा अहिलेसम्मकै ठूलो फलाम भण्डार भनेर पत्ता लागेको नवलपरासीको धौवादीमा खानी तथा भूगर्भ विभागका भूगर्भविद्हरु विस्तृत अध्ययनका लागि खटिएका छन् ।

छ वर्ष अगाडि यहाँ ठूलो फलाम भण्डार पत्ता लागेपछि खानी तथा भूगर्म विभागका अधिकारीसमेत आश्चर्यमा परेका थिए । कोइलालगायतका खनिज खोज्न त्यहाँ पुगेका उनीहरूले एकै ठाउँमा २० करोड टन फलामको सम्भावना भेटेका थिए । कच्चा फलामको भारतीय बजारलाई आधार मान्दा यो २३ खर्ब रुपैयाँ भन्दा बढीको भण्डार हो ।

विभागले यो खानीको विस्तृत अन्वेषण र उत्खननका लागि काम गरेको हो । धौवादीबाट नेपालको वर्षौंसम्मको आवश्यकता पूरा हुने खानी तथा भूगर्भ विभागले जनाएको छ ।

एक सय हेक्टर क्षेत्रफलभित्र चालु वर्षको अन्तिमसम्ममा विस्तृत सर्भेसक्ने गरी काम भइरहेको खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वोजितप्रसाद महतोले बताए ।

धौवादी र धौवादीकै पोखरीमासमेत उत्खननका बारेमा अध्ययन भइरहेको छ । जसका लागि एकहप्ता अगाडिदेखि जियोलोजिस्टद्वय नारायण बाँस्कोटा र नरेश महर्जन काममा खटिएका छन् ।

उनीहरुले एक महिना लगाएर यहाँ काम गर्नेछन् । धौवादीको फलाम गुणस्तरीय रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । विस्तृत अध्ययनबाट उत्खनन् सम्भावना र लागतको हिसाब आएपछि आर्थिक लाभको दृष्टिले यो खानी कत्तिको लाभदायक छ भन्न सकिने महानिर्देशक महतोले बताए ।

सम्भावना देखिएका ठाउँमा पनि कति परिमाण र कुन गुणस्तरको फलाम छ भनेर अध्ययन हुनसकेको छैन । कमसल धाउ ९पगालेको कच्चा फलाम० सिमेन्ट उत्पादन तथा भाँडाकुडा बनाउन प्रयोग हुने कीटका रूपमा उपयोग हुन्छ भने राम्रो र बढी प्रशोधन गरिएको फलाम स्पात, स्टिल, छड इत्यादि बन्छ । सिमेन्टको क्लिङ्कर उत्पादन नेपालमै सुरू भए पनि धाउका लागि भारतमै निर्भर हुनुपरेको छ ।

धौवादीमा विभागले उत्खनन्का बारेमा विस्तृत अध्ययन थालेपछि यस क्षेत्रका बासिन्दा हौसिएका छन् । कालो पत्थरको यो पहाडमा चुम्बक सजिलै समात्ने ढुङ्गा भेटिने भएका कारण साना –साना बाललिका समेत चुम्बक लिएर ढङ्गासँग खेल्ने गरेका थिए ।

बोझा पोखरीका कुलबहादुर ठाडाले भने– ‘यहाँ फलाम खानीको रुपमा काम भए हाम्रो जीवननै फेरिने थियो’ । 
नेपालभित्रै २३ खर्ब रुपैयाँको ठूलो फलाम खानी भेट्टियो । Reviewed by marumala srinu on 6:05 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.