Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

हड्डी कमजोर छ खानुहोस् यि ७ खानेकुरा

काठमाडौं । मानिसको शरिरमा सबैभन्दा ठूलो भूमिका हाडको हुन्छ । शरिरको हाड कमजोर हुनुभनेको सम्पूण शरिर कमजोर हुनुु हो । त्यसैले स्वथ रहन हाड मजबुत बनाउनुु आवश्यक छ । हाड मजबुत बनाउन खनिज, क्याल्सियम र भिटामिन डिको जरुरत पर्दछ । हामीले दैनिक रुपमा खाने केहि खानामा ध्यान दिन सक्यौ भने हाम्रो हड्डी मजबुत र बलियो बन्छ । आज हाड मजबुत बनाउने ७ खानेकुराका बारेमा चर्चा गरौं ।

हरियो तरकारी :

दैनिक रुपमा हाम्रो भान्छामा पाक्ने तरकारीमा हरियो सागसब्जी अनिवार्य पार्नुहोस् । प्याज, मेथी, रोयो, तोरी बन्दागोभी, काउलीजस्ता पत्तेदार सागसब्जीहरु खानु हाडका लागि उत्तम हुन्छ । पालकको एक कचौरा सागले २५ प्रतिशत क्याल्सियमको कमी पूरा गर्दछ ।

अण्डा :
अण्डामा पनि भरपुर मात्रामा प्रोटिन र भिटामिन डी पाईन्छ । अण्डाको पहेंलो भागले मानव शरीरका लागि आवश्यक ६ प्रतिशत भिटामिन डीको कमी पूरा गर्दछ ।

माछा :
सैमन र सार्डिन माछामा भरभूर क्याल्सियम हुन्छ । सैमन माछाबाट भिटामिन डी पाईन्छ । यसमा ओमेगा ३ एसिड पनि हुन्छ, जसले हाडलाई बलियो बनाउँछ ।

बदाम :
विभिन्न किसिमका बदामहरुमा पोटासियम पाइन्छ, जसले पिसाबको माध्यमबाट क्याल्सियमको कमीलाई रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । ओखरमा ओमेगा ३ र फ्याटी एसिड पाइन्छ, जसले हाडलाई मजबुत बनाउन सघाउँछ ।

सुन्तला  :
सुन्तलामा मुख्यरुपमा भिटामिन सि पाइन्छ । यसले हड्डीलाई अझ बलियो बनाउन सहयोग गर्दछ । भिटामिन सी क्याल्सियमको अवशोषणमा महत्वपूर्ण भूमिका हुन्छ ।

केरा :
केरामा पोटासियम, क्याल्सियम र म्याग्नेसियम हुन्छ । यी पोषक तत्वले हाडलाई बलियो बनाउन मद्दत गर्दछ ।

आलुपखाडा :
अस्टियोपोरोसिसबाट पीडित महिलाहरुका लागि आलुपखाडा धेरै महत्वपूर्ण हुन्छ । यसमा इनुलीन नाम गरेको फाइबर हुन्छ, जसले शरीरमा क्याल्सियमको अवशोषणमा मद्दत गर्दछ र हड्डीलाई बलियो बनाउन सहयोग गर्दछ ।


हड्डी कमजोर छ खानुहोस् यि ७ खानेकुरा Reviewed by marumala srinu on 4:02 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.