Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

नयाँ संविधानलाई ‘दलाल’ ले बनाएको भन्दै विप्लव माओवादीद्वारा ३० पेजको संविधान जारी

काठमाडौँ,  नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले नयाँ संविधानलाई ‘दलाल’ ले बनाएको संविधान भन्दै ३० पेजको संविधान जारी गरेको छ। उसले जनताको हक अधिकार स्थापित गर्न भन्दै ३० पेजको संविधान घाेषणा गरेकाे हो।

चन्द माओवादीले जिल्लाकोे सिंजामा कायकर्ताहरुको गोप्य भेला गरी फागुन २५ गते जनसत्ता तथा जनपरिषद गठन गरेको हो । खलंगामा पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा माओवादीले वर्तमान राज्य सत्ताको हरेक संरचना काम नलाग्ने भएकोले नयाँ जनसत्ता स्थापना गरी जनताका कामकाजमा सहजता ल्याउने दाबी गरेको छ। जनसत्ताले आफ्नो संविधान अनुसार काम गर्ने जनपरिषदका क्षेत्रीय सभामुख रविकिरणले जनाए ।

उनका अनुसार जनपरिषदका केन्द्रीय सदस्य भरत वमको र क्षेत्रीय जनपरिषदका सभामुख एटम विसीको उपस्थितिमा सिंजा क्षेत्रमा भएको भेलाले रामप्रसाद शर्मा प्रमुख र उपप्रमुख हैते वुढा रहेको १५ सदस्यीय जनपरिषद गठन गरेको हो । यस्तै राजबहादुर खत्री सभामुख र तुलाराम रावत उपसभामुख पद नामाकरण गरी ५१ सदस्यीय जनप्रतिनिधिसभा गठन गरिएको क्षेत्रीय सभामुख रविकिरणले वताए ।

रविकिरणले जनसत्ता अभियानको पहिलो नजरमा दलाल तथा भ्रष्टाचारलाई ठिक पार्ने योजना निर्माण भएको भन्दै जनतालाई धोका दिने र जनताको योजना ब्रह्मलुट पार्नेलाई किनारा लगाइने दाबी गरे । उनले चलिरहेको राज्यसत्ताको काम गरिब जनता केन्द्रीत नभएकाले जनसत्ताको आवश्यकता परेको दाबी गरे।

जनसत्ता निर्माणे सशस्त्र युद्धको संकेत हो भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘अव देशले युद्धको आवश्यकता ठाने लड्न तयार छौं ।’ जनयुद्धले गणतन्त्र,समावेशी ,धर्मनिरपेक्षतालगायत थुप्रै परिवर्तन गरेपनि जनयुद्ध भन्ने शब्द उल्लेख नभएकोमा आपत्ति जनाए । उनले जनसरकाले गाउँमा हुने सम्पुर्ण विकृतीलाई निस्तेज पार्दै अघि बढ्ने दाबी गरे।

 


नयाँ संविधानलाई ‘दलाल’ ले बनाएको भन्दै विप्लव माओवादीद्वारा ३० पेजको संविधान जारी Reviewed by marumala srinu on 5:11 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.