यो हो विश्वकै सबैभन्दा ठूलो जहाज (फोटो फिचर)
पेरिस, चैत १ । विश्वकै सबैभन्दा ठूलो पानी जहाज तयार भएको छ । यसले फ्रान्सको समुद्री क्षेत्रमा पहिलो चरणको परीक्षण यात्रा सम्पन्न गरिसकेको छ ।
रोयल क्यारेबियन इन्टरनेशनल (आरसीआई) ले तयार पारेको यो जहाज परीक्षण कै चरणमा छ भने आगामी दुई महिनाभित्र नियमित यात्राका लागि उपलब्ध हुने जनाइएको छ ।
justify;">२ लाख २७ हजार टन वजन भएको यो जहाजको लम्बाई पेरिसको एफिल टावरभन्दा पनि १२४ फिट लामो छ । एक हजार १८७ फिट लामो यो जहाजमा दुई हजार ७४७ कोठा छन् । यो जहाजमा १६ तला छ, जसमा चढ्न र ओर्लनका लागि २४ वटा लिफ्टको व्यवस्था छ ।
यो जहाजमा ६,००० यात्रु सवार हुन सक्छन् । जहाजभित्र फन पार्क, वाटर पार्क, फिटनेस सेन्टर, रेस्टुरेन्ट, थिएटर, बगैंचा लगायतका सुविधा रहेको छ ।
आठ सय मिलियन पाउन्डभन्दा बढी लागतमा निर्माण भएको यो जहाज ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा समुद्रमा आफ्नो यात्रा तय गर्न सक्छ । (एजेन्सी)
Reviewed by marumala srinu
on
7:59 AM
Rating:

No comments: