Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

दिल्ली भ्रमणमा नेपाली नेताको जातै फेरियो ! संयुक्त बैठकमा नेपाली टोलीको कन्तबिजोग

दिल्ली भ्रमणमा नेपाली नेताको जातै फेरियो ! संयुक्त बैठकमा नेपाली टोलीको कन्तबिजोग प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको भ्रमण टोली भारत पुगेको भोलिपल्ट बिहान राष्ट्रपति भवनको धुलेमैदानमा ‘गार्ड अफ अनर’ लिने/दिने कार्यक्रम थियो । देउवाले सलामी लिइसकेपछि धुले मैदानमै दुई देशका अधिकारीवीच परिचय आदान-प्रदानको सिलसिला सुरु भयो ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रीहरुको परिचय गराएपछि नेपालका शेरबहादुर देउवाले आफ्ना मन्त्रीहरु चिनाउने पालो आयो  ।देउवाले मोदीलाई नेपाली मन्त्रीहरुको परिचय गराइसकेपछि उनीहरु भ्रमण दलका अन्य सदस्यतिर अघि बढे ।

प्रधानमन्त्री देउवासँगै रहेका परराष्ट्र मन्त्रालयका अधिकारीले नेपाली भ्रमणदलका सदस्यको परिचय मोदीलाई गराउन थाले ।लहरमा उभिएका थिए- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ डा. गोविन्दराज पोखरेल । तर, मोदीलाई परराष्ट्रका अधिकारीले उनको परिचय यसरी दिए – उहाँ गोविन्दराज जोशी !    देउवा र मोदीका वीचमा रहेका परराष्ट्रका ती उच्च अधिकारीको सामान्य ज्ञानको शक्ति यतिमै सीमित रहेन ।

उनले त्यहाँ रहेका सांसद अभिषेकप्रताप साहको पनि जात परिवर्तन गरिदिए । मोदीसँग चिनजान गराउँदै सरकारी अधिकारीले भने- उहाँ माननीय अभिषेकप्रताप शुक्ला !’आफ्नो थर परिवर्तन गरिएकोमा साहले परराष्ट्रका कर्मचारीलाई पछि भएको अनौपचारिक भेटमा गुनासो पोख्दै भने- ‘म तराईको राजपुतको छोरो हुँ, तपाईले मलाई बाहुन बनाइदिने ? आफ्नो भ्रमण टोलीको नामसम्म चिनाउन नसक्ने परराष्ट्रका कर्मचारीको पारा के हो यो ?’परराष्ट्रका ती अधिकारीले नेपाली नेताहरुलाई मोदीसमक्ष परिचय गराउने क्रममा पूर्वकानूनमन्त्री एवं सांसद अजयशंकर नायकको भने थर परिवर्तन गरेनन् । किनभने, उनले अजय शंकरलाई चिन्दै चिनेनन् । अन्ततः उनले आफैं हात मिलाएर मोदीलाई भने- ‘म अजयशंकर नायक ।’  तयारी विनाको बैठक  प्रधानमन्त्री देउवाको भारत भ्रमणमा नेपाली पक्ष विनातयारी प्रस्तुत भएको थियो । संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुनुभन्दा अघि बसेको दुई पक्षीय बैठकमा देखिएको कन्तविजोगबाटै प्रष्ट हुन्थ्यो कि नेपाली टोलीको स्थिति के थियो ।  प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा नेपालको बाढीबारे कुरा गर्लान् भन्ने धेरैको अपेक्षा थियो । सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण नेपालमा पुगिरहेको क्षतिबारे भारतसँग केही कुरा होला भन्ने नेपाली जनताको अपेक्षा थियो ।  भारतसँगको संयुक्त बैठकमा बाढीको विषयमा कुरा नउठेको होइन, तर नेपाली पक्षले कुनै पनि ठोस प्रस्ताव पेश गर्न सकेन ।  बैठकमा सहभागी एक उच्च सरकारी अधिकारीले दिएको जानकारी अनुसार त्यहाँ भारतीय पक्षले बाढीका सन्दर्भमा के गर्न सकिन्छ भनेर सोधेको थियो । तर, प्रधानमन्त्री देउवा आफैंले नेपालमा ‘संरचनात्मक कमजोरीका कारण बाढीले क्षति गरेको भन्दै के के गर्न सकिन्छ, गरौं’ भन्दै अन्त्यन्तै अमूर्त ढंगले यो विषयलाई अन्त्य गराइदिए ।  ती सरकारी अधिकारीका अनुसार बाढी नियन्त्रणका विषयमा कुरा उठ्दा नेपालले भारतसँग ठोस प्रस्ताव राख्नुपर्दथ्यो ।

यसका लागि पहिल्यै गृहकार्य हुनुपर्दथ्यो । सीमा क्षेत्रका कुन कुन बाँधहरुका विषयमा भारतले गर्नुपर्ने के हो, त्यसबारे नेपालले स्पष्ट कुरा राख्नुपर्दथ्यो । सप्तरी लगायतका जिल्लामा भारतले एकलौटी बनाइरहेको बाँधका विषयमा नेपालले आफ्नो अडान प्रस्तुत गर्नुपर्दथ्यो । तर, नेपाली पक्ष बैठकमा विना तयारी उपस्थित भएको थियो ।  बरु उल्टै बाढी नियन्त्रणका लागि के गर्न सकिन्छ, गरौं भनेर भारतलाई उसको डिजाइनअनुसार प्रस्ताव ल्याउन बाटो खुल्ला गरिदिने काम नेपाली पक्षले बैठकमा गरेको सहभागी एक सदस्यको आरोप छ ।  प्रधानमन्त्री देउवाले संयुक्त पत्रकार सम्मेलनमा बोल्ने क्रममा भनेका थिए, यो मेरो चौथो औपचारिक भारत भ्रमण हो । तर, प्रधानमन्त्रीका रुपमा चारचोटि भारतको भ्रमण गरेका देउवाले गार्ड अफ अनरका बेला सलामी थाप्न कतातिर जानुपर्छ भन्ने मेसो पाएनन् र झुक्किए ।   राष्ट्रपति भवनमा गाडीबाट उत्रिइसकेपछि मोदीले उनलाई हात मिलाएर स्वागत गरे । फोटो सेसन भयो । त्यसपछि आरजू र मोदी एकातिर, देउवाचाहिँ सलामी लिने ठाउँतिर लाग्नुपर्ने थियो । तर, देउवा पनि पछिपछि लागे, मोदीले उनलाई अर्कोतर्फ जान थप इशारा गरेपछि मात्रै उनी ए… भन्दै बाटो लाग्दा मानिसहरु मुसुमुसु हाँसेका थिए ।  
साभार स्रोत :अनलाइनखबर
दिल्ली भ्रमणमा नेपाली नेताको जातै फेरियो ! संयुक्त बैठकमा नेपाली टोलीको कन्तबिजोग Reviewed by Sundarijal Kaliyug on 10:03 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.