पेटको क्यान्सरका लक्षण
के तपाईंलाई छाति पोल्ने समस्या छ ? यदि छ भने यसलाई रुपमा नलिनुहोस् । छाति पोल्ने समस्या पेट क्यान्सरको लक्षण हुन सक्छ । पब्लिक हेल्थ इंग्ल्याण्डका अनुसार यदि तीन साताभन्दा बढी समयदेखि छाति पोल्ने र खाना निल्न समस्या छ भने तत्काल डाक्टरलाई देखाइहाल्नुपर्छ । किनभने अधिकांश मानिसहरु पेट क्यान्सरको सुरुवाती लक्षण थाहा पाउँदैनन् ।
क्यान्सर जति चाँडो पत्ता लाग्छ, उपचार उति सजिलो हुन्छ । यहीकारण पब्लिक हेल्थ इग्ल्याण्डले सन्चालन गरेको ‘बि क्लियर अन क्यान्सर’ अभियान मानिसहरुको ध्यान पेट क्यान्सरतर्फ आकर्षित गराइरहेको छ ।
पेट क्यान्सरको लक्षण सामान्य देखिन सक्छ । जस्तै :
- तीन सातादेखि अपच हुनु
- खाना निल्न समस्या हुनु
- विनाकारण तौल कम हुनु
- धेरै डकार आउनु
- चाँडै अघाउनु
- बान्ता आउनु या आउलाजस्तो हुनु
- पेटको माथिल्लो भागमा पीडा या असुविधा महसुस हुनु
ब्रिटिश जर्नल अफ जनरल प्राक्टिसमा प्रकाशित एक अनुसन्धानले पनि मानिस यस्ता सुरुवाती लक्षणमा किन ध्यान दिँदैंनन् भन्ने प्रष्ट पारेको छ । केही मानिसहरु क्यान्सरको पुष्टि हुने डरले आफ्नो स्वास्थ्य समस्याका बारेमा कुरा नै गर्न चाहदैनन् । केही भने डाक्टरलाई नै विश्वास गर्दैनन् र आफ्ना समस्या बढ्दो उमेरसंग आएको बताउँछन् । पब्लिक हेल्थ इंग्ल्याण्डको यो अभियान पनि मानिसहरुलाई यस्ता लक्षणका बारेमा सचेत गराउँनु रहेको छ ।
पेटको क्यान्सरका लक्षण
Reviewed by marumala srinu
on
8:45 AM
Rating:

No comments: