Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कक्षा १ को मासिक शुल्क २८ हजार !

काठमाडौं, वैशाख २२ – संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयले मनोमानी शुल्क लिएको भन्दै अनुगमन गर्दा एक विद्यालयले कक्षा एकको मासिक शुल्क २८ हजार रुपैयाँ लिएको पाइएको छ । विद्यार्थी  संगठने बुधबार ललितपुरको युलियन्स र रातो बंगला स्कुलमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा युलियन्स स्कुलले कक्षा १ को मासिक शुल्क २८ हजार, रातो बंगला स्कुलले २५ हजार लिने गरिएको पाइएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । 

जिल्ला शिक्षा कार्यलयले विद्यालयलाई कुनै निर्देशन नदिएको र सरकारको उपस्थिति शुन्य देखिएको विद्यार्थी नेताले बताएका छन् । सरकारी निकायबाट अनुगमानमा आउँदा विद्यालयसँग सेवा सुविधा माग्ने गरेको विद्यालयका एक कर्मचारीले बताएको एक विद्यार्थी नेताले जानकारी दिएका छन् । सरकारले अनुगमन छोडेर वार्तामा आउन आग्रह गरेपनि विद्यार्थी संगठनले अनुगमनसँगै वार्तामा बस्ने बताएका छन् ।

कक्षा १ को मासिक शुल्क २८ हजार ! Reviewed by marumala srinu on 7:34 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.