Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

थकाइ लाग्दा के खाने ?

थकाइ लाग्दा के खाने ?
शरीरमा सामान्यभन्दा कम शक्ति हुनुलाई थकान भनिन्छ । धेरै शारीरिक परिश्रम गर्दा तथा खेल खेल्दा थकाइ लाग्न सक्छ । कहिलेकाहीँ क्षणभरका लागि मात्र थकाइ लाग्न सक्छ भने कहिले लामै समयसम्म त्यसको अनुभूति हुन्छ । थकाइ लागेका बेला भोजनमा ध्यान पुर्याउनुपर्छ । 
–प्रशस्त फलफूल तथा तरकारी समावेश गरिएको भोजनले शरीरमा शक्ति बढाउँछ । त्यसैले बढी मात्रामा फलफूल, तरकारी एवं सलाद सेवन गर्नुपर्छ । 
–फलफूलमा आँप, अनार, स्याउ, अंगुर, जुनार, तरकारीमा पालुंगोको साग, गोलभेंडा, कुरिलो, च्याउ, हरिया सागपात तथा आलु खानु उपयोगी हुन्छ । 
–अंकुरित भोजन, फर्सीको बियाँ, सूर्यमुखीको बियाँ, पेस्ता, काजु, अन्जिर, काजी बदाम आदिको सेवन फाइदाजनक हुन्छ । 
–दूधमा मह मिसाएर पिउनुपर्छ । 
–भिटामिन बीको अभावमा थकान महसुस हुने हुँदा दैनिक भोजनमा भिटामिन बीयुक्त भोजन समावेश गर्नुपर्छ । चोकरसहितको गहुँको परिकार, ब्राउन राइस, हरिया सागपात, दाल, गेडागुडी, केराउ, दूध, अण्डा, केरा, अन्जिर, पेस्ता तथा काजुमा भिटामिन बी पाइन्छ । 
–थकाइको उपचारमा पोटासियमको विशेष महत्व हुन्छ । यसका लागि हरिया सागपात तथा दिनमा दुईवटा केरा खानुपर्छ । 
–त्यस्तै क्याल्सियम, सोडियम, जिंक आदिले पनि थकान निवारण गर्न विशेष भूमिका निर्वाह गर्छ । 
–माछा–मासुको सेवन पनि लाभदायक मानिन्छ । 
–५ सय मिलिलिटर गाजरको जुस, ३ सय मिलिलिटर चुकन्दरको जुस तथा १ सय मिलिलिटर काँक्राको जुस मिसाएर पिए शक्ति प्राप्त हुन्छ । 
–१ गिलास अनारको जुस पिउनु शक्तिबद्र्धक मानिन्छ । 
–दिनहुँ २ लिटर पानी पिए शरीरका कोषहरू ताजा तथा स्फुर्त हुनुका साथै बढी ऊर्जा प्राप्त हुन्छ ।
थकाइ लाग्दा के खाने ? Reviewed by marumala srinu on 9:54 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.