गर्मीमा के के खाँदा फाइदा हुन्छ ?

गोलभेँडामा लाइसोपेन नामक तत्व पाइन्छ । यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ ।
अर्को एउटा अनुसन्धानले एक कप गाजरको जुस १० देखि १२ हप्तासम्म नियमित खाने मानिसको छालामा घाममा पाइने विकिरणले हानि पु¥याउने जोखिम ५० प्रतिशत कम भएको पत्तालगाएको थियो ।
शरीरमा डिहाइड्रेसन भयो भने दिमाग बोधो हुने मुड ठीक नहुने समस्या हुन्छ । गर्मीमा पिसाब र पसिनामार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजाजस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ । खरबुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ । खरबुजामा क्यालोरीको मात्रा कम हुने भएकाले खरबुजा बढी खानाले मोटाइएला भन्ने चिन्ता पनि हुँदैन ।
गर्मीमा प्रशस्त पानी पिइएन भने डिहाइड्रेसन हुन्छ । शरीरका नसा र कोशिकाहरूलाई पानीले सिंचित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । गर्मीमा यसतर्फ अझ चनाखो रहनुपर्छ । यसका लागि प्रतिदिन न्युनतम तीन लिटर पानी पिउने गर्नुपर्छ ।
खानामा हरेक दिन दही समावेश गर्नु गर्मीमा ज्यादै उपयोगी हुन्छ । यसले शरीरलाई शीतल राख्ने गर्छ । साथै, शरीरलाई डिहाइड्रेट हुनबाट समेत जोगाउँछ ।
काँक्रोमा सिलिकाजस्ता तत्व पाइन्छन् । जसले गर्मीमा छालालाई स्वस्थ बनाउने गर्छन् । साथै, यसमा फाइबर, पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छन् । काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले यसले शरीरलाई डिहाइड्रेट हुनसमेत दिँदैन । तसर्थ, गर्मीमा खानासँगै काँक्राको सलाद नछुटाउनु ज्यादै लाभदायक हुन्छ ।
–एजेन्सी
No comments: