Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

न्युयोर्क । संसारकै राजधानी मानिने न्युयोर्कमा आगामी सेप्टेम्बरमा नेपाल प्रदर्शनी तथा अन्तराष्ट्रिय ब्यापार मेला हुने भएको छ ।न्युयोर्कमा नेपाली उत्पादनको मेला हुँदै

न्युयोर्क । संसारकै राजधानी मानिने न्युयोर्कमा आगामी सेप्टेम्बरमा नेपाल प्रदर्शनी तथा अन्तराष्ट्रिय ब्यापार मेला हुने भएको छ ।
वर्ल्ड बिजनेश म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट (डब्लुबिएमसी) एलएलसीले न्युयोर्कको मुटु म्यानहटनको पियर ९२ मा मेला आयोजना गर्न लागेको हो । आयोजकको दावी अनुसार अहिलेसम्म विदेशमा भएका नेपाली मेलाभन्दा यो सबैभन्दा ठूलो हुनेछ ।
मेलामा नेपाली कृषि उत्पादन, सांस्कृतिक तथा सम्पदा झल्कने सामाग्री, जडिबुटी, थांका पेन्टिङ, पस्मिना, कफि, चिया, पाल्पाली ढाका, सुठो, अलैंची, खुकुरी, नेपालको मूर्तिकला, गहनालगायतका सामग्री प्रदर्शनीमा राखिने आयोजक संस्थाका अध्यक्ष रेग्मीले जानकारी दिए ।
नेपाली उत्पादनको अमेरिका हुँदै विश्वभर बजार विस्तार गर्न सघाउने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा नेपालसहित विश्वभरका ब्यवसायी र उत्पादकले सहभागिता जनाउने वर्ल्ड बिजनेशका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले बताए । मेलामा ७० प्रतिशतभन्दा बढी उद्योगी, व्यवसायी नेपालबाट र बाँकी अन्य मुलुकबाट विश्वभरीबाट सहभागी हुने उनले बताए ।
मेलालाई सफल पार्न संस्थाले नेपाल सरकार, उद्योग बाणिज्य महासंघ, चेम्बर अफ कमर्स लगायतका निकायसँग छलफल र सहकार्य गरिरहेको छ ।
अमेरिकाले नेपाली तयारी पोशाकलगायतका सामग्रीमा भन्सार छुट सुविधा उपलब्ध गराउने गरी अमेरिकी राष्टपति बाराक ओबामाले नेपाललाई विशेष ब्यापार ग्राहृयता दिन स्वीकृति प्रदान गर्ने कानुनमा हस्ताक्षर गरेलगत्तै मेला हुन लागेको हो ।
यस कानुनले गलैँचा, टोपी, च्यादर, गलबन्दी र यात्रा सामग्री लगायत ६६ प्रकारका सामग्रीहरू मा भन्सारछुट सुविधा उपलब्ध गराउनेछ । ‘अमेरिकाले भन्सार छुट दिने भएपछि झण्डै ७० प्रतिशत सस्तोमा नेपाली उत्पादन अमेरिकी बजारमा आइपुग्छन्, निर्देशक सञ्जय थापाले भने, सस्तो उत्पादनले पक्कै बजार लिने छ । त्यसैले यही मौकामा नेपाली उत्पादनको बजार प्रबर्धन गर्न मेला आयोजना गर्न लागिएको हो । घरेलु उद्योग महासंघ र उद्योग बाणिज्य महासंघ प्रवर्धकका रुपमा रहेका छन् ।
मेलामा सहभागिता जनाउन चाहनेहरुका लागि आयोजकले अनलाइनबाट दर्ता प्रक्रिया खुला गरेका छन् । मेलामा भाग लिन चाहने उत्पादक ब्यवसायीले निश्चित सर्त भने पूरा गर्नु पर्ने छ । आफ्ना उत्पादनसहित सहभागी हुन चाहने ब्यवसायी कम्तीमा २ वर्ष उद्योग ब्यवसायमा लागेको, आर्थिक रुपमा सक्षम भएको, सरकारी कर तिरेको, आफ्नो उद्योगमा कम्तीमा ५ जनलाई रोजगारी दिएको, बालश्रमिक नराखेको, विदेशी मेलाहरुमा सहभागिता जनाइसकेको हुनुपर्ने छ ।
अन्तराष्ट्रिय ब्यापार मेलाका आयोजकहरुलाई मानव तस्करी गर्न यस्ता कार्यक्रम गर्ने गरेको आरोप लाग्ने गरेको छ । यस मेलाका आयोजक पहिल्यै यस्तो आरोप लाग्ने कुरामा सचेत भएर सहभागी हुन चाहनेहरुलाई निश्चित सर्त राखेका हुन् ।
तीन दिनसम्म चल्ने मेलामा आयोजना स्थल पियर ९२ खचाखच बनाउने आयोजकको तयारी छ । सस्थाले अमेरिकी चेम्बर अफ कमर्ससँग सहकार्य गरिरहेको छ ।
आयोजकले मेला स्थल ९० हजार डलर (करिव १ करोड) रुपैया तिरेर भाडामा लिएका छन् । स्टल बनाउन २ लााख ४ हजार डलर तिरेका छन् । प्रचार प्रसारसमेत गरेर ६ लाख डलर (६ करोड रुपैयाभन्दा बढी) खर्च हुने अनुमान गरिएको निर्देशक थापाले बताए । मेलामा ३ सय ५० भन्दा बढी स्टल रहने छन् ।

न्युयोर्क । संसारकै राजधानी मानिने न्युयोर्कमा आगामी सेप्टेम्बरमा नेपाल प्रदर्शनी तथा अन्तराष्ट्रिय ब्यापार मेला हुने भएको छ ।न्युयोर्कमा नेपाली उत्पादनको मेला हुँदै Reviewed by marumala srinu on 3:30 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.