अझै छोराछोरी लिन आउने आशमा छन् बृद्धाश्रमका आमाहरु
बैशाख २४
अविवेकी वन्दै गएको समाजमा धेरै छोराछोरीहरुले देवी जस्ता आफ्नी आमाको सम्झना समेत गरेनन्, वृद्धाश्रममा बसेका आमाहरुको आँखा सन्ततिको प्रतीक्षामा रसायो
आमाको मुख हेर्ने दिन । आज धेरै छोराछोरीहरुले आमालाई सम्झेका छन । कोहीले भेटरै आमालाई आदरसम्मान गरे त कतिले सामाजिक संजालमार्फत आमाको फोटो अप्लोड गर्दै आमालाई याद गरे । तर यस्ता छोराछोरी पनि छन् समाजमा जसले भगवानजस्तो आफ्नो आमाको सम्झना समेत गरेनन् । र बृद्धाश्रमको कुनोमा आमाका आसुहरु बगेरै सकिए ।
भनिन्छ आमा भनेका भगवानका दोस्रो रुप हुन जसले आफना सन्ततीको लागि सदैब भलो चाहेकी हुन्छिन । सधै आफनो साथमा रहोस भन्ने तिनै बाबुआमाबाट टाढिने छोराछोरीको कमी छैन समाजमा । यी आमाहरुलाई आफ्ना छोराछोरीले कहिल्यै नमेटिने पिडामात्र दिएका छन् । काठमाण्डौको पशुपतिस्थित बृदाश्रममा रहेका यी आमाहरु वर्षौदेखि छोराछोरी आउँलान् कि भन्दै कुर्दै बसे । तैपनि कोही भेटन आएनन । बृद्धाश्रममा बसेकी एक आमा आफनी छोरी यतै बानेश्वरमा व्यापार गरी बसेको बताउँछिन् ।
आधुनिक समाजमा हुर्किएका व्यस्त जिवन जिउने छोराछोरीले आमाबाबुको आदर र सम्मानका सट्टा बृद्धाश्रममा छाडी निकै अमानवीय काम गरिरहेका छन । बृद्धाश्रमका रहेका कति आमाहरुले बृद्ध भएकै कारण अपहेलित भएको भन्दै जीवित सन्तान हाम्रा लागि के काम भन्दै मरेको सँज्ञा समेत दिए ।
बाबुआमाले जीवनमा अनेकौ संघर्ष झेल्दै हुर्काएकी हुन्छन तर तिनै सन्ततीले बोझको रुपमा आफना बृद्ध बाबुआमालाई लिन्छन । र अन्त्यमा केही सीप नलागी बृद्धाश्रममा छाडिदिन्छन । आमाबाबुलाई खुशी नराखी कमाएको सम्पतिको के अर्थ ? आमाबाबुलाई आसुँ दिएर आफ्ना श्रीमति र छोराछोरीका ओठमा हाँसो ल्याउनुको के अर्थ ? मरेपछि स्वर्ग गइन्छ की गइदैन थाहा छैन । देवदेवी भेटिन्छ भेटिदैन थाहा छैन । आमाबाबु भनेका यही जूनीमा भेटिएका भगवान हुन् । सबैले बेलैमा आआफ्नो भगवानलाई चिनौं ।
(न्यूज24नेपाल डट कमबाट )
अझै छोराछोरी लिन आउने आशमा छन् बृद्धाश्रमका आमाहरु
Reviewed by marumala srinu
on
9:17 AM
Rating:

No comments: