Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

'नरेन्द्र मोदीको प्रमाणपत्र नक्कली'

फोटो :एजेन्सी
एजेन्सीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै विवाद चुलिएको छ । 
 
भारतको केन्द्रीय सूचना आयोगको निर्देशनमा गुजरात विश्वविद्यालयले मोदीको डिग्रीको प्रमाणपत्र सार्वजनिक गरेपछि विवाद चुलिएको छ । 
 
मोदीको डिग्रीको प्रमाणपत्र सार्वजनिक भएपछि मोदीको स्नातक तहको प्रमाणपत्र खोज्दै गुजरात कांग्रेसले विवाद सिर्जना गरेको हो । 
   
भारतमा भ्रष्टाचार विरोधी अभियान्ताले मोदीले पढेको विश्वविद्यालयसँग सातवर्ष अघिदेखि प्रमाणपत्र सार्वजनिक गर्न माग गर्दै आएका थिए।  विश्वविद्यालयले प्रमाणपत्र सार्वजनिक गर्न अस्वीकार गर्दै आएको थियो । तर, पछिल्ला दिनमा सूचना आयोगले प्रमाणपत्र सार्वजनिक गर्न निर्देशन दिएपछि प्रमाणपत्र सार्वजनिक भएको हो । 
 
प्रमाणपत्र सार्वजनिक भएपछि गुजरात कांग्रेसले नरेन्द्र मोदीको डिग्रीको प्रमाणपत्र सार्वजनिक भएपछि स्नातक तह कुन विश्वविद्यालयमा पढेका हुन् भनेर चौतर्फी प्रश्न गरेको छ ।
 
गुजरात कांग्रेसको यो प्रश्नले भारतमा मोदीको प्रमाणपत्रका विषयमा विवाद चुलिएको हो। गुजरात विश्वविद्यालयसँग कांग्रेसले मोदीले स्नातक गरेको प्रमाणपत्र समेत माग गरेको छ । यस विषयमा भने गुजरात विश्वविद्यालय मौन छ । 
 
सूचना विभागले समेत यो विषय गोपनियतासँग सम्बन्धित भएकाले सार्वजनिक गर्नु आवश्यक नभएको जवाफ दिएपछि मोदीको  प्रमाणपत्रमाथि शंका गरिएको हो । 
 
बीबीसीले गुजरात कांग्रेसका वरिष्ठ नेता शक्तिसिंह गोहितलाई उद्धृत गर्दै मोदीको प्रमाणपत्र सक्कली हो भन्ने आधार नभएको उल्लेख गरेको छ । 

गेहितले बिबिसीसँग भनेका छन्, ‘केन्द्रीय सूचना आयुक्तले दिएको आदेश अनुसार गुजरात विश्वविद्यालयबाट नेरेन्द्र मोदीले १९८३ मा राजनितिक विज्ञान विषयमा मास्टर्स डिग्री लिएका थिए । तर, मोदीले मास्टर्सको भर्नाको बेला कुन विश्वविद्यालयको प्रमाणप्रत्र पेस गरेका थिए भन्ने सूचना गुजरात विश्वविद्यालयले जानकारी दिएको छैन्।' 

चुनाव आयोगमा दिएको प्रमाणपत्रका आधारमा मोदीले सन् १९६७ मा एसएलसी पास, १९७८ मा दिल्ली विश्वविद्यालयबाट स्नातक पास र १९८३ मा गुजरात विश्वविद्यालयबाट मास्टर्स डिग्री लिएको जनाइएको छ । तर, आज सम्म पनि मोदीको स्नातक पास गरेको प्रमाणपत्र कसैले देखेको छैन् । यो विषयमा गुजरात विश्वविद्यालय समेत मौन रहेको छ।'

गोहिलले चुनावको दस्तावेज र प्रमाणपत्रमा मोदीको जन्ममिति फरक परेको समेत खुलासा गरेका छन् । चुनाव दस्तावेजमा मोदीको जन्ममिति १७ सेप्टेम्बर १९५० रहेको थियो तर मोदीले स्कुल पढेको विद्यालय अनुसार उनको जन्म मिति २९ अगस्त १९४९ हो । यो दुई मध्ये मोदीको कुन चाहिँ जन्ममिति सही हो भन्ने कुरा सबैको जानकारीमा आउनुपर्ने माग गुजरात कांग्रेसको छ। 
'नरेन्द्र मोदीको प्रमाणपत्र नक्कली' Reviewed by marumala srinu on 7:45 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.