Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

घरमै डाक्टर : कसरी बनाइन्छ टेस्टट्युब बेबी ?

सन्तान भएन भनेर निराश बस्नुपर्ने स्थिति अहिले छैन । विज्ञानले विभिन्न उपायको आविष्कार गरेको छ । त्यसमध्ये एक हो, टेस्टट्युब अर्थात् आइभीएफ विधि । यसमा पुरुषको शुक्रकीट र स्त्रीको डिम्ब संकलन गरी सिसाको ट्युब वा प्लेटमा राखेर एकअर्कासँग मिलन गराई भु्रण तयार गरिन्छ । यसरी टेस्टट्युबमा गर्भाधानको प्रक्रिया पूरा भएपछि भ्रुणलाई सिरिन्जको सहायताले स्त्रीको गर्भाशयमा प्रतिस्थापित गरिन्छ । त्यसपछि साधारण अवस्थामा जस्तै भ्रुण विकसित भई शिशुको रुप धारण गर्दछ । यसरी जन्मने भएकाले बच्चालाई टेस्टट्युब बेबी भनिएको हो ।
टेस्टट्युब बेबीका लागि सुरुमा हामी बिरामीको छनोटमा विशेष ध्यान दिन्छौं । कोहीकोहीमा आइयुआई गरेर पनि बच्चा नहुने पनि हुनसक्छ त्यसैले बिरामीको छनोट गर्नुपरेकोहो ।
टेष्टट्युबका लागि उपयुक्त महिलाको छनोट भएपछि सानो–सानो अण्डाशयलाई ठूलो बनाउन हर्मोनहरु दिइन्छ । त्यसपछि हर्मोन जाँच गर्ने र नियमित अल्ट्रासाउण्ड गर्नुपर्छ ।
महिनावारी भएको २ दिनमा र ६÷७ दिनमा पुनः जाँच गरिन्छ । त्यसपछि हर्मोन बढाउने र घटाउने गरिन्छ । अण्डा बनेमा एचसिजि भन्ने इन्जेक्सन दिइन्छ । त्यसको ४० घण्टामा महिलालाई बेहोस पारी अण्डा निकालिन्छ । तर यसका लागि कुनै शल्यक्रिया भने गर्नुपर्दैन । यसरी निकालिएको महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई प्रयोगशालामा एउटा थालमा राखी इन्क्युवेटरमा राखिन्छ, जहाँ निशेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन्छ । यसरी बनेको भ्रुणलाई करिब ४८ घन्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ । अधिकांश अवस्थामा चार भ्रुण प्रतिस्थापन गरिन्छ । सबै हुर्कन नसकेपनि कम्तीमा एउटा हुर्कन्छ भन्ने सोच राखिएको हुन्छ । अण्डा निकाल्दा महिलालाई बेहोस बनाए पनि भ्रूण प्रतिस्थापन गर्दा भने बेहोस बनाउनुपर्दैन । भ्रूण प्रतिस्थापन गरेपछि सामान्य शिशुसरह नौ महिना आमाको गर्भमै राखी शिशुको जन्म हुन सक्छ ।
आइभिएफ विधिमा महिलालाई कृत्रिम गर्भाधान गरिन्छ । यसरी गर्भाशयमा भ्रूण प्रतिस्थापन गरिसके पछि महिलालाई २ घण्टासम्म बेडमा आराम गर्न लगाइन्छ । त्यसपछि बच्चालाई सर्पोट गर्नका लागि हर्मोन इन्जेक्सन प्लस दिइन्छ । गर्भाशयमा भ्रूण प्रतिस्थापन गरेको २ हप्तापछि पिसाब र बेटा–एचसिजि परीक्षण गरी गर्भ भए–नभएको जाँच गरिन्छ । त्यसको ४८ घण्टापछि पूनः जाँच गरी निश्चित गरिन्छ । बिएचसीजी र युसएजीमा पाठेघरभित्र भ्रुण बनेपछि आइभीएफको सफल भएको मानिन्छ ।
यसरी गर्भ रहेपनि कहिलेकाहीँ खेर पनि जानसक्ने हुन्छ । यसका लागि महिलाले विशेष ध्यान पु¥याउनुपर्छ । हर्मोन धेरै दिनुपर्ने भएकाले ओएचएसएस हुनसक्छ । गर्भ रहेपछि नियमित परीक्षण गर्नुपर्छ । बीचमा कुनै समस्या देखिएमा तुरुन्तै अस्पताल जानुपर्छ । यसरी जन्मने बच्चाहरुलाई साधारण तरिकाबाट जन्मने बच्चाका लागि भन्दा बढी हेरचाह र स्याहारसुसार आवश्यक पर्छ । आइभिएफका अधिकांश अवस्थामा शल्यक्रियाको जरुरी पर्नसक्छ ।
अण्डा राम्रो बन्न नसक्नु, फर्टिलाइजेशन राम्रोसंग हुन नसक्नु र इम्प्लान्टेशन राम्रो हुन नसक्नु जस्ता कारणले आइभीएफ असफल बन्न सक्छ । यस्तै, गर्भ रहेर पनि गर्भपतन हुन सक्ने, एकभन्दा बढी भ्रुण निर्माण हुने, कम तौलको बच्चा जन्मने, अवधिभन्दा पहिल्यै जन्म हुने जस्ता समस्या देखा पर्न सक्छन् । यस्तै, महिलामा पनि संक्रमणको समस्या देखिन सक्छ ।
घरमै डाक्टर : कसरी बनाइन्छ टेस्टट्युब बेबी ? Reviewed by marumala srinu on 12:25 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.