Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

नेपालबारे सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी गर्ने क्यानडेली नागरिक पक्राउ

काठमाडौँ – नेपालका विषयमा सामाजिक सञ्जालमार्फत अनावश्यक टिप्पणी गर्ने एक क्यानडेली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

रोबर्ट पेन्नर नामका ती क्यानडेलीलाई अध्यागमन विभागको अनुरोधमा ललितपुरबाट प्रहरीले पक्राउ गरेको हो ।

विभागका महानिर्देशक केदार न्यौपानले क्यानडेली नागरिक पेन्नरले सामाजिक सञ्जालमार्फत नेपालको सामाजिक सद्भाव भड्काउने गरी टिप्पणी गर्दै आएको उजुरीका आधारमा छानबिनका लागि पक्राउ गरिएको जानकारी दिए।

उनी भिन्नाभिन्नै प्रवेशाज्ञाका नाममा विगत तीन÷चार वर्षदेखि नेपालमा बस्दै आएका थिए । हाल कामदार प्रवेशाज्ञामा बस्दै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनले मधेस आन्दोलनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीका विषयमा समेत सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्दै आएका थिए ।

कामदार प्रवेशाज्ञामा आएको व्यक्तिले सोहीअनुरुप काम गर्नुको साटो सम्बन्धित देशको राजनीतिक विषयमा टिप्पणी गर्नु अध्यागमन कानुनविपरीत मानिन्छ ।

नेपालबारे सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी गर्ने क्यानडेली नागरिक पक्राउ Reviewed by marumala srinu on 8:14 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.