ज्ञानेन्द्र परिवारसहित याफ्टिङमा
काठमाडौ । भारत भ्रमण सकेर फर्किएपछि उनले चाल्ने आगामी कदमबारे राजनीति वृत्तमा अनेक अनुमान चलिरहँदा उनी भने पुर्वराजा ज्ञानेन्द्र परिवारसहित त्रिशूली नदिर्मा याफ्टिङ गर्न पुगेका छन ।
पत्नी कोमल, बुहारी हिमानी तथा नाती हृदयेन्द्र र दुई नातिनीका साथमा आएका शाहले याफ्टिङ गरेका हुन् ।
मुग्लिनपारि पर्ने तनहुँको आबुखैरेनीस्थित मोटेल डु मुग्लिनमा पुर्वराजा शाहले परिवारसंग दुई रात बिताएको होटलका कर्मचारी बिष्णु थापाले जानकारी दिइन ।
पहिले हिमाली छोराछोरीसंग शुक्रबार आउनुभएको थियो उनले भनिन शनिबार पुर्वराजा शाह र उनकी पत्नी कोमल पनि आउनु भयो । आजको अन्नपुर्णमा समाचार छ ।
ज्ञानेन्द्र परिवारसहित याफ्टिङमा
Reviewed by marumala srinu
on
7:27 PM
Rating:
Reviewed by marumala srinu
on
7:27 PM
Rating:

No comments: