कनकमणि दीक्षित प्रकरणबारे : ‘भ्रष्टाचारमा अरुको त कुरै छोडिदिऊँ, म र मेरै परिवारलाई समेत बाँकी राखिनुहुन्न’
हालैका दिनहरूमा सामाजिक सञ्जालमा कनकमणि दीक्षितका बारेमा भैरहेको सार्वजनिक बहसमा मलाई ‘तपाईं किन मौन ? तपाईंले उनको किन बचाउ गरेको ?’ भन्ने प्रकृतिका प्रशस्त टिकाटिप्पणी भैरहेका छन् ।
केही अनलाइन पत्रिकाहरूमा सोही विषयलाई लिएर मेरो नाममा खुलापत्र नै लेखिएका छन् ।
मैले सो विषयलाई लिएर उनको विरोध या बचाउमा कहीँकतै एक वाक्य पनि लेखेको छैन । मेरो पेशागत सीमाका कारणले लेख्नु उपयुक्त पनि हुँदैन ।
तर म राजनीतिक र संवैधानिक खाकाले भन्दा पनि भ्रष्टाचारको महारोगका कारण यो देशले विकास गर्न नसकेको हो, त्यसैकारणले गर्दा भ्रष्टाचार भयो भने, अरुको त कुरै छोडिदिऊँ, म लगायत मेरो आफ्नै परिवारका सदस्यलाई समेत बाँकी राखिनुहुन्न भन्नेमा दृढ विश्वास गर्ने व्यक्ति हुँ । तर विधि र कानुनी प्रकृयाको हरेक निकाय र नागरिकले सम्मान गर्नैपर्छ ।
कनकमणि दीक्षित प्रकरणबारे : ‘भ्रष्टाचारमा अरुको त कुरै छोडिदिऊँ, म र मेरै
परिवारलाई समेत बाँकी राखिनुहुन्न’
Reviewed by marumala srinu
on
10:09 AM
Rating:
Reviewed by marumala srinu
on
10:09 AM
Rating:

No comments: