Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अमेरिकामा अन्तर्राष्ट्रिय सम्मान थापेर स्वदेश फर्किए प्रधानसेनापति क्षेत्री

काठमाडौं, २४ वैशाख । प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्री मित्रराष्ट्र अमेरिकाको औपचारिक भ्रमण सकेर विहीबार राति स्वदेश फर्किएका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाका अनुसार प्रधानसेनापति क्षेत्रीलार्ई बलाधिकृत रथी बलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे ।
अमेरिकी सेनाको औपचारिक निमन्त्रणामा यूएस आर्मी कमाण्ड एण्ड जनरल स्टाफ कलेज फोर्ट लेभनवर्थ कन्सास तथा यूएस आर्मी वार कलेज कार्लीसिल ब्याराक पेन्सालभानियामा आयोजना भएको इन्टरनेशनल फेलोज हल अफ फेम इन्डक्सन सेरेमोनी (आइएचओएफ)मा सहभागी हुन प्रधानसेनापति क्षेत्री वैशाख १२ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उक्त अवसरमा उनलाई इन्टरनेशनल हल अफ फेम इन्डक्सन सेरेमोनीका दौरान उक्त दुवै शैक्षिक संस्थाहरुमा उनको तस्वीर राखी सम्मान गरिएको थियो ।
भ्रमणको दौरान क्षेत्रीले युनाइटेड स्टेट डिपार्टमेन्ट अफ डिफेन्सको मुख्यालयस्थित पेन्टागनको भ्रमण गर्नुका साथै यूस आर्मीका भाईस चीफ अफ स्टाफ जनरल डेनियल बी अल्यान, साउथ एण्ड सेन्ट्रल एसियाका असिस्टेन्ट सेक्रेटरी अफ स्टेट मिस निशा देशाई विश्वाल तथा अन्य उच्चपदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय आपसी हित एवं सुरक्षा सरोकारका विषयहरुमा छलफल समेत गरेका थिए । यसैगरी प्रधानसेनापति क्षेत्रीले अर्लिङटन नेशनल सिमिन्टेरी मा ओरीथ लेइङ (माल्यापर्ण) गरेका थिए ।
सोही क्रममा प्रधान सेनापति क्षत्रीले डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स डीपीएका अण्डर सेक्रेटरी जनरल जेफ्रे फ्ल्याटम्यान, डिपार्टमेन्ट अफ फिल्ड सपोर्ट डीएफएसका अण्डर सेक्रेटरी जनरल अतुल खारे, डिपार्टमेन्ट अफ पीसकिपिङ अपरेशन डीपीकेओका असिस्टेन्ट सक्रेटरी जनरल टिमीट्री टिटोभसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
त्यसैगरी, क्षेत्रीले चीफ डी क्याविनेट एचइ एडमन्ट मुलेट तथा डेपुटी मिलिटरी एड्भाइजर मेज जनरल एडरेन फोस्टरसँगसंग संयुक्त रुपमा भेटवार्ता गरेका छन् । न्युयोर्कस्थित नेपालका स्थायी नियोग प्रतिनिधि तथा राजदूत दुर्गा प्रसाद भट्टराई एवम् नेपालका स्थायी नियोग प्रतिनिधि एवम् पदाधिकारीहरुसंग समेत भेटवार्ता र अन्तरक्रिया गरेका थिए ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र संयुक्त राष्ट्रसंघ मुख्यालय लगायतका अन्य उच्चपदस्थ पदाधिकारीहरुसंगको भेटवार्ता तथा छलफलले विश्व शान्तिको लागि नेपाली सेनाले पुर्याउंदै आएको बहुआयामिक योगदान र आगामी दिनमा गरिने सहयोग र सहकार्यका क्षेत्रलाई विस्तार गर्न थप मद्धत पुग्ने नेपाली सेनाले जनाएको छ ।
साथै, नेपाली सेना र अमेरिकी सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध तथा द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
अमेरिकामा अन्तर्राष्ट्रिय सम्मान थापेर स्वदेश फर्किए प्रधानसेनापति क्षेत्री Reviewed by marumala srinu on 12:25 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.