Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

संसारकै दश सुन्दर देश मध्ये नेपाल पहिलो सूचिमा

यसवर्षको भ्रमण गन्तव्यका लागि संसारभरका १० उत्कृट मुलुकको सूचिमा नेपाल पहिलो नम्बरमा रहेको एक अध्ययनले देखाएको छ ।

 

 

बेलायतको ट्राभल एन्ड गाइड बुक तथा सन्दर्भ सामग्री प्रकाशित गर्दै आएको रफ गाइडले यस्तो सूचि बाहिर ल्याएको हो । आफ्नो प्रकाशनमा उसले भनेको छ 'विनाशकारी भुकम्प र त्यसपछिका परकम्पका कारण कमजोर बनेको नेपालको पर्यटन उद्योग माथि उठ्ने क्रममा रहेको छ ।'

 


सन् २०१६ मा भ्रमणका लागि संसारभरका १० उत्कृष्ट मुलुकको सूचि सार्वजनिक गर्ने क्रममा रफ गाइडले लेखेको छ 'नेपालमा ट्रेकिङ रुट, होमस्टे तथा सांस्कृतिक क्षेत्र नेपाल भ्रमणका लागि मुख्य आकर्षणको केन्द्र हो ।'

 


उच्च हिम श्रृङ्खला, जंगली जनावर तथा विविधतायुक्त जंगल नेपालको पर्यटनका लागि उत्कृष्ट रहेको छ । त्यतिमात्र नभई नेपालीहरुको स्वागत तथा उनीहरुले पर्यटकप्रति दर्शाउने व्यवहार समेत आत्मीय रहेको सो प्रकाशनमा उल्लेख छ ।

 


सूचि अनुसार कोलम्बिया दोस्रो, क्यूवा तेस्रो, जोर्डन चौथो, अल्बानियाँ पाँचौ, रोमानियाँ छैटाै, एल साल्भाडोर सातौं, वेल्स आठौं, केन्या नवौ, तथा श्रीलंका दसौं नम्बरमा रहेका छन् ।
संसारकै दश सुन्दर देश मध्ये नेपाल पहिलो सूचिमा Reviewed by marumala srinu on 7:34 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.