बाबुराम र पूर्वराजा ज्ञानेन्द्रबीच भेटवार्ता, राजतन्त्र फर्काउनेबारे सहमति
काठमाडौं, वैशाख १८ ।
पूर्वराजा ज्ञानेन्द्र शाह र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको खुलासा भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा स्वदेश फर्किएलगत्तै रातारात भारत पुगी नेपाल फर्किएका पूर्वराजा शाह र भट्टराईबीच शनिबार दिउँसो एक घण्टाभन्दा बढी गोप्य वार्ता भएको खुलासा भएको हो । भारतको भूमिमा टेकेर एक्कासी नेपाल फर्किएका शाहले बाबुरामलाई किन भेटे ? रहस्यमय विषय बनेको छ ।
स्रोतका अनुसार बाबुराम र शाहबीच राजतन्त्र फर्काउनेबारे छलफल भएको छ । हिन्दु राष्ट्र स्थापना र राजतन्त्र ब्युँताउने विषयमा उनीहरुबीच घनिभूत छलफल भएको स्रोतको दावी छ । ‘पूर्वराजा शाहको निम्तोमा बाबुराम भेटघाटका लागि जानुभएको हो, त्यहाँ राजतन्त्र फर्काउनेदेखि हिन्दु राष्ट्र स्थापनासम्मका काम भयो’ स्रोतले नाम नबताउने शर्तमान खबर टाइम्सलाई भने, ‘बाबुरामले जनताको हित विपरीत सहमति गर्ने काम गरे, अब यो कुरा बाहिर आए जनताले उसलाई विश्वास गर्नेवाला छैन ।’
शाहले विगतदेखि वर्तमानसम्म बाबुराम र आफ्नो लाइन मिलेको सन्दर्भ कोट्याउँदै राजतन्त्रको पक्षमा दृढ भएर लाग्नुपर्नेमा जोड दिएका थिए । जवाफमा भट्टराईले शाह र आफूबीच भएको सहमति गोप्य रुपमा राख्नुपर्ने बताउँदै बाहिरी रुपमा आर्थिक समृद्धिको नारा लगाएर जनताको मन जित्ने काममा लाग्ने बताएका थिए । शाहर बाबुरामबीचको लाइन जनयुद्धकालदेखि नै मिल्दै आएको बताइन्छ ।
यस विषयमा बाबुरामको सचिवालयमा जानकारी लिँदा भने शाह र बाबुरामको भेटघाटमा राजतन्त्र फर्काउनेबारे कुराकानी नभएको बताए ।
बाबुराम र पूर्वराजा ज्ञानेन्द्रबीच भेटवार्ता, राजतन्त्र फर्काउनेबारे सहमति
Reviewed by marumala srinu
on
2:43 AM
Rating:

No comments: