शनिबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २७० भन्दा बढी -
मान्टा , ६ वैशाख, ल्याटिन अमेरिकी देश इक्वेडरको तटिय क्षेत्रमा गत शनिबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २७० भन्दा बढी भएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था अनुसार ७.८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमा परी कम्ती दुई हजार पाँच सय व्यक्ति घाइते भएका छन् । -
भवन भग्नावशेषमा कैयौ व्यक्ति पुरिएर रहेको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ । राजधानी क्विटोबाट १ सय ६० किलोमिटर टाढा रहेको म्युसिनी सहरलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पको जमिनसतहबाट १९ किलोमिटर गहिराईमा रहेको थियो ।
शनिबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २७० भन्दा बढी -
Reviewed by marumala srinu
on
1:20 PM
Rating:

No comments: