Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

हाम्रो शरीर सम्बन्धी तथ्य ।

हाम्रो शरीर सम्बन्धी तथ्य

सधैं बयस्क र सुन्दर/सुन्दरी देखिन मन पर्ने तथा लामो आयु सम्म पनि बाँचिरहन मन लाग्ने मानिसको प्राकृतिक गुण हो । दिर्घायु हुन निरोगी रहनु पर्यो, निरोगिताको लागि आफ्नो शरिरको बिशेष रुपले हेरचाह गर्नु पर्यो, यसको कार्य प्रणाली हरुको बारेमा जानकारी राख्नु पर्यो र यो प्रणालीलाई सहज र सबल राख्न यसको सहयोगी को भूमिका निभाउनु पर्यो, भन्नुको अर्थ उपयुक्त आहार-बिहार र स्वस्थ आनी-बानीको अवलंबन गर्नु पर्यो । यदी हामीले यसको साथ दिएनौं भने याद राखी रहौं यसले पनि हाम्रो साथ छोडिदिने छ, अनी हाम्रो बैशालु र दिर्घजिवी रहने र यसो-आराम गर्ने लालसा टुङ्गिने छ ।

के हामी सोंचेका हुन्छौ त ? हाम्रो शरीर र यसका प्रकृयाहरु कति जटिल छन् ? हामीलाई चलायमान राख्न र दैनिक कार्य सहज सम्पादन गर्न यी संयन्त्रले रातोदिन कसरी कृयाशिल रहन्छन ?? के कहिल्यै सोंचेका छौ, मुटु किन धड्कन्छ ? परेला किन झप्किन्छ ? आँसु किन आउँछ ? तिर्खा किन लाग्छ ? पसीना किन निस्किन्छ ? भोक किन लाग्छ ? थकानको किन महसुस हुन्छ ? निद्रा किनलाग्छ ? र्याल किन निस्कन्छ ? यो सबै को बारेमा जानकारी छ भने हामी आफ्नो शरिरको पनि अवस्य अरुले भन्दा बढि ख्याल राखेका छौ ; जसलाई जानकारी छैन, जानकारी राख्नु पर्ने रहेछ भन्ने कुराकोमहशुस दिलाउने पंङ्तिकार कोशीस रहने छ । यसको सुरुवात हाम्रो शरीर सम्बन्थि यि तथ्यहरुबाट सुरु भई क्रमस: अगाडि बढ्नेछ।
:
हाम्रो शरिर १०,००,००,००,००,००० (दश खरव) कोषहरु, २०६ हड्डिहरु, ६०० मांशपेशिहरु तथा २२ वटा आन्तरिक अंगहरुले बनेको छ र यसलाई सुव्यबस्थित र सकृय राख्न ११ वटा प्रणालिहरुले अनवरत काम गरिरहेका हुन्छन।
प्रती बर्ग इन्च मानव छालामा १,९०,००,००० (एक करोड नब्बे लाख) कोशहरु हुन्छन र प्रत्येक घण्टा १०,००,००० (दश लाख) कोशहरु साटिन्छन ।
औशत मानव शिरमा १,००,००० (एक लाख) रौं हरु हुन्छन।
हाम्रो शरिरमा भएको नशाहरु लाई एउटै लाइनमा अन्तिमा बिन्दु सम्म तन्कायो भने ६०,००० माइल लामो हुन्छ।
औसत मान्छेको जीवन भरिमा मुटु २५,००,००,००,००० (२५ अरब) चोटि धड्किन्छ ।
हाम्रो जिभ्रोमा ९,००० स्वाद ग्रन्थिहरु हुन्छन।
हाम्रो आँखा एक बर्षमा झन्डै १,००,००,००० (एक करोड) चोटि झिम्किन्छ ।
हाम्रो मगजको औसत तौल १.३६० किलो ( एक किलो ३६० ग्राम) हुन्छ ।
शरिरमा भएका सम्पूर्ण हड्डिमा एक चौथाइ पैतलामा मात्रै हुन्छन।
प्रत्येक सेकेन्डमा झन्डै ८0,00,000 (असी लाख) रक्तकोष हरु मर्ने गर्छन् भने त्यही संख्यामा पैदा पनि हुन्छन। 
एक थोपा रगतमा झन्डै ५०,००,००,००० (पचास लाख) रक्त कोष हुन्छन यी कोषहरुलाई शरिरको पुरा चक्कर लगाउन २० सेकेन्ड लाग्छ।
रक्तकोषहरु मज्जा Bone Marrow मा पुग्नु पहिले शरिरको झन्डै २ लाख ५० हज्जार चक्कर लागाउछन, रक्तकोषहरु त्यही बाट पैदा हुन्छन र त्यही यिनिहरुको अन्त्य पनि हुन्छ।
रक्तकोष हरु झन्डै ४ महिना जिवीत रही शरिरको भ्रमण गरी रहन्छन यो अवधिमा यीनिहरु झन्डै ६००,००,००,००,००,००० (६०० खरब) कोश हरुलाई पोषण दिन्छन।
बर्षभरिमा हामी झन्डै ५००kg खाना खान्छौं भने प्रत्येक दिन १.७ लिटर र्याल (Saliva) पैदा हुन्छ। प्रत्येक दिन झन्डै ११.५ लिटर पाचन् घोल तयार हुन्छ भने १०० मि लि जती बिसर्जित हुन्छ। घाँटिको लम्बाइ २५ से.मी. को हुन्छ।
प्रत्येक दिन आधा लिटर पानी हामीले श्वास प्रश्वास कृयामा गुमाउँ छौं।
मानिसको दाहिने फोक्सो बायाँ भन्दा अलिकती ठुलो हुन्छ।
हामीले सामान्य अवस्थामा १२ देखी १५ चोटि श्वास लिन्छौं
लोग्ने मान्छेमा भन्दा महिला र बच्चामा श्वास प्रश्वास प्रकृया छिटो हुन्छ।
हाम्रो शरिरको सबै भन्दा सानो हड्डी कानमा हुन्छ भने सबै भन्दा ठुलो हड्डी तिघ्रामा हुन्छ यसलाई femur भनिन्छ।
हड्डिहरु मासी/मज्जाले भरिएका हुन्छन, यही मासी बाट श्वेतकोष, र रक्तकोशहरुको जन्म हुन्छन् र रक्त प्रबाहमा मिसिन्छन।
एउटा मात्र अरु सँग नजोडिएको हड्डी HYOID हो यो घाँटिमा हुन्छ।
हड्डिमा भएको बिकाशले नै मान्छे बढ्ने हो, यसको बिकास केटामा १८ बर्ष र केटीमा १६ बर्षामा रोकिन्छ।
२ वटा रक्तनलिहरुले निरन्तर मिर्गौलालाई रक्त प्रबाह गराइ रहन्छन।
दुइवटा किड्निहरुले प्रत्येक दिन १७० देखी २०० लिटर सम्म रगतलाई छानेर पिसाब बनाउछ। यो छान्ने कार्य नेफ्रोन्सले गर्दछ।
मिर्गौलाबाट २ वटा रक्त बाहिनिहरुले प्रोषण रक्तप्रावहमा पुर्याउछन। भने २ वटा मुत्रबाहिनी ले छानिएको पिसावलाई मुत्र थैलिमा पुर्याउँछन।
पिसाव थैलिले आस्थाइ तवरले पिसावलाई बिसर्जनको लागि संग्रह गर्छ।
विभिन्न जैविक तत्वको मेटाबोलिजम प्रकृया हुँदा जुन अनावश्यक पदार्थ हरु निस्किएको हुन्छ त्यो पनि रगतमा पुगेको हुन्छ यिनिहरुलाई त्यहाँ बाट छुट्याउने काम कलेजो, फोक्सो, किड्नी, र छालाले गर्छन्।
फोक्सोले धेरै भएको कार्वनडाइ-अक्साइड, कलेजोले प्रोटिन नियन्त्रण गर्छ भने यो प्रकृयामा युरिकएसिड र युरिया निर्माण हुन्छन र छालाले बढीभएको पानी, नुन, युरिया र युरिक एसिडलाई बाहिर निकाल्दछ। यसै गरी मिर्गौलाले पनि रगतमा भएको पानी, नुन, युरिक एसिडलाई बाहिर पठाउने काम गर्छ।
छालामा दुई तहहरु हुन्छन्, बाहिरी तहलाई एपिडर्मी, र भित्री तहलाई डर्मिज भनिन्छ। छालाको अर्को काम वाटरप्रुफिङ पनि हो डर्मी मा हुने तेल ग्रन्थिले पानी र ओसलाई भित्र जान र भित्र भएको पानीलाई बाहिर आउन दिदैन।
छालाले नै अतिसुक्ष्म जीवहरुलाई (माईक्रोओर्गनिस्म) र धुलोको कणलाई हाम्रो शरीर भित्र छिर्न दिदैन।
छालाले शरिरको तापक्रम जोगाएर राख्छ। शरिरको तापमान बढेको खण्डमा छलामा भएका पसिना ग्रन्थिहरु सकृय भई, तातो बाहिर निकाल्दछन।
पाचन् प्रकृयामा जव पहिले प्रोटिनलाई पचाउँदा एमोनिया र नाइट्रोजेनस-बिकारको निर्माण हुन्छ, जुन अती बिसाक्त रसायन हुन यिनलाई तुरुन्तै कालेजोले युरिया र युरिक एसिडमा वदलि दिन्छ, (जुन एमोनिया भन्दा काम हानिकारक हुन्छ।)र त्यसलाई रक्तप्रवाहमा पठाइ दिन्छ। अनी मिर्गौलाले यसलाई छान्ने काम गर्छ।
हाम्रो शरीर सम्बन्धी तथ्य । Reviewed by marumala srinu on 11:54 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.