ल्याब परीक्षणमा जानुआघि गर्न नहुने ६ कुरा
काठमाडौं- शरिरमा भएका समस्या पत्ता लगाउन प्रयोगशाला (ल्याब) परीक्षण गर्ने गरिन्छ । प्रयोगशाला परीक्षणमा सही रिपोर्ट आएन भने बिरामीको उचित उपचार समेत हुँदैन । त्यसकारण प्रयोगशालामा सही रिपोर्ट आउन बिरामीले समेत केही कुरामा ध्यान दिन आवश्यक छ । ल्याब परीक्षण गर्न जानु २४ घण्टा अघिदेखी नै विशेष तयारी गर्न आवश्यक छ ।
ल्याब परिक्षणमा जानु अघि गर्न नहुने ६ कुरा निम्न छन्
१. २४ घण्टा अगाडीदेखी कुनै पनि भारी एक्सरसाइज गर्नु हुँदैन ।
२. १२ घण्टा अगाडीदेखी पानी बाहेक अन्य खानेकुरा तथा तरल पदार्थ खानु हुँदैन ।
३. धुम्रपानको अम्मली हुनुहुन्छ भने एक घण्टा अगाडी धुम्रपान गर्नु हुँदैन ।
४. परीक्षणको १५ मिनेट अगाडी आरामसँग बस्नु पर्छ । हातारिँदै तनावमा ल्याबमा जानु हुँदैन ।
५. आफुले इन्सुलिन तथा अन्य कुनै औषधि सेवन गरीरहेको छ भने त्यसको बारेमा जानकारी गराउनु पर्छ ।
६. रगत तथा अन्य नमुना संकलनका लागि ल्याबमा सहज रुपमा उपस्थित हुनुपर्छ ।
ल्याब परीक्षणमा जानुआघि गर्न नहुने ६ कुरा
Reviewed by marumala srinu
on
7:11 PM
Rating:

No comments: