Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

गर्भपतन गर्दा के-के हुन्छ खतरा ? डाक्टर गौतमले औल्याए डरलाग्दा लक्षणहरु !!

काठमाडौँ । आजकल महिलाले गर्भपतनलाई अस्थायी साधनकै रुपमा लिन थालेकाले यसतर्फ ध्यान दिन आवश्यक देखिएको छ । महिलाले पटकपटक गर्भपतन गराउँदा पाठेघरमा गर्भ नरहन सक्ने खतरा बढी हुन्छ । गर्भ पाठेघरमा रहन्छ तर, धेरै गर्भपतन गराउँदा पछि पाठेघरमा मात्रै नरहेर नलीमा पनि रहन सक्ने चिकित्सकको भनाई छ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमका अनुसार महिनावारी हुँदा वा गर्भवती हुदाँ पाठेघरमा नरमपना बनाउने तत्व हुन्छ, तर धेरैपटक गर्भपतन हुँदा त्यो नरम तत्व कम हुने हुन्छ । पाठेघरको नलीमा रहेको बच्चा ठूलो हुनेबित्तिकै नली फुट्ने खतरा बढी हुन्छ । उहाँले भन्नुभयो, “यस्तो अवस्थामा महिला अस्पतालको पहुँचमा भएमा तुरुन्त उपचार हुनसक्छ तर समयमै अस्पतालमा नजाने हो भने नली फुटेर मृत्यु हुने सम्भावना बढी रहन्छ ।” धेरै पटक गर्भपतन गराउँदा पाठेघर राम्रोसँग सफा नभएमा वा अन्य कुनै शल्यक्रिया गराउँदा पाठेघर वरपर रगत जम्मा भएमा पनि बच्चा पाठेघरमा नबसेर बाहिर नलीमा बस्न सक्छ । त्यसैले महिनावारी रोकिएपछि समयमै चिकित्सककहाँ गएर जाँच गराउने र बच्चा कहाँ बसेको छ भनी अल्ट्रासाउण्ड गराएर सजग रहन पनि निर्देशक डा गौतमले सल्लाह दिनुभयो । गर्भपतन नगराएका महिलामा पनि सेतो पानी बग्ने, चिलाउनेलगायत समस्या भएमा पनि सङ्क्रमणको अत्यधिक खतरा हुने भएकाले बच्चा नलीमा बस्ने सम्भावनालाई बढाउनसक्छ । अहिले तीन महिनासम्म गर्भपतन गराउन कानुनी रूपमै अनुमति छ । तर, अचेल गर्भपतनलाई परिवार नियोजनका रूपमा लिने गरेको पाइन्छ, त्यसो गर्नु जोखिमपूर्ण छ । बच्चा नचाहिने अवस्थामा गर्भपतन गराउने हो । परिवार नियोजनका रूपमा लिँदा बढी जोखिम हुन्छ । बच्चा नजन्माउने हो भने सावधानी अपनाउनुर्छ । तत्काल बच्चा नजन्माउने हो भने अस्थायी र भविष्यमै बच्चा नजन्माउने हो भने स्थायी साधनको प्रयोग गर्न चिकित्सकको सल्लाह छ । परोपकार प्रसूति गुहमा दैनिक १५ जनाले गर्भपतन गराउँदै आएका छन् भने दैनिक नेपालमा कति जना महिलाले गर्भपतन गराउछन् भन्ने एकिन तथ्याङ्क छैन । रासस
गर्भपतन गर्दा के-के हुन्छ खतरा ? डाक्टर गौतमले औल्याए डरलाग्दा लक्षणहरु !! Reviewed by marumala srinu on 6:41 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.