Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

यसकारण सेवन नगरौँ चुरोट तथा सुर्तीजन्य पदार्थ

यसकारण सेवन नगरौँ चुरोट तथा सुर्तीजन्य पदार्थ
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई कामलाग्न सक्छ )
१. तपाईँले पिउने एक खिल्ली चुरोटले तपाईँको आयु ११ मिनेटले घटाउछ ।
२. एउटा चुरोटमा ४८०० भन्दा बढी रसायनहरु हुन्छन् जसमध्ये ६९ वटा क्यान्सर रोग लगाउन सहयोग गर्ने खालका हुन्छन ।
३. चुरोट, अल्कोहलको सेवन कम गर्नाले मात्रै क्यान्सर लाग्ने सम्भावना ३० प्रतिशतले कम भएर जान्छ ।
४. चुरोटमा हुने निकोटिनले शरीरमा कोलेस्टेरोलको मात्रा बढाउछ ।
५. चुरोट पिउनाले हृदयघात हुने सम्भावना दोब्बर हुन्छ ।
६. संसारभर जति जनाले चुरोट सेवन गर्छन ती मध्य आधाको मृत्यु चुरोटको सेवनकै कारणले हुने गरेको छ ।
७. चुरोट पिउने व्यक्तिमा छालाको समस्या हुन्छ । जस्तो कि चाउरी पर्ने, सुख्खा हुने आदि ।
८. चुरोट सेवनले जिब्रोको स्वाद लिने क्षमता र नाक को सुघ्ने क्षमता कमजोर हुँदै जान्छ ।
९. गर्भवती महिलाले चुरोट पिउनाले संसारभर बार्षिक ५००० बच्चा पेट मै मर्छन । त्यसैगरी जन्मेको बच्चामा पनि सुस्त मनस्थितीको हुने, कम तौल को बच्चा जन्मिने , मस्तिस्कको खराबी हुने र जन्मेपछि मर्ने संभवाना पनि बढी हुन्छ ।
१०. चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने पुरुषहरुमा वीर्य उत्पादन क्षमता घट्दै जान्छ । महिलाहरुमा बाझोपनाको सम्भावना दोव्वरले बढेर जान्छ
११. सूर्तीजन्य पदार्थको सेवनका कारण संसारभर हरेक ६ सेकेण्डमा एक व्यक्तिको ज्यान जाने गरेको छ । र सो संख्या जोडदा बर्षभरीमा करीव ६० लाख पुग्न आउछ ।
१२. सुर्तीजन्य पर्दाको सेवनकै कारण नेपालमा बर्षेनी २५ हजार व्यक्तिको ज्यान जाने गरेको छ ।
(यति मात्रै कहाँ हो र चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनले यी बाहेकका कैयौँ स्वास्थ्य समस्या निम्त्याउने गर्छ । हामी यसलाई क्रमस ल्याउदै जानेछौँ । तर त्यो भन्दा पहिले तपाईँ यदि चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन गर्दै हुनुहुन्छ भने कृपया आजैबाट छोड्नुहोस । तपाईँका परिबारका सदस्य वा साथीभाईहरुले सेवन गर्नुहुन्छ भने पनि छोडाउने प्रयास गर्नुहोस । )
यसकारण सेवन नगरौँ चुरोट तथा सुर्तीजन्य पदार्थ Reviewed by marumala srinu on 9:01 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.