उपचारका लागि भन्दै भारत गएका कांग्रेस सभापति देउवा आज स्वदेश फर्किदै
उपचारका लागि भन्दै भारत जानुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किदैहुनुहुन्छ । पत्नी आरजु राणा देउवाको उपचारका लागि नयाँ दिल्ली जानु भएका देउवा आज स्वदेश फर्कन लाग्नुभएको हो ।
देउवा अपरान्ह साढे तीन बजे जेट एयरलाइन्सको विमानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको देउवाको निजी सचिवालयले जनाएको छ । देउवा पत्नी आरजुको उपचारका लागि भन्दै गत वैशाख ६ गते भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो ।
भारतमा रहँदा देउवाले भारतीय विदेशमन्त्री शुष्मा स्वराजसंग भेटवार्ता गर्नुबाहेक अन्य राजनीतिक भेटघाट गर्नुभएन ।
उपचारका लागि भन्दै भारत गएका कांग्रेस सभापति देउवा आज स्वदेश फर्किदै
Reviewed by marumala srinu
on
12:00 AM
Rating:

No comments: